मलेसियामा अवैधरुपमा बसिरहेकालाई दूतावासले कन्सुलर सेवा दिने | Khabarhub Khabarhub

मलेसियामा अवैधरुपमा बसिरहेकालाई दूतावासले कन्सुलर सेवा दिने


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसियाको पेनाङ र जोहरबारुमा दूतावासले कन्सुलर सेवा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मलेसियास्थीत नेपाली दूतावासले त्यहाँ अवैधानिक रुपमा बस्दै आएका नेपालीलाई आवश्यक कागजात बनाउन सहयोग गर्ने उद्देश्यले कन्सुलर सेवा कार्यक्रम सञ्चालन गर्न गर्ने भएको हो।

कन्सुलर सेवा जोहरबारुमा अगष्ट ११ तारिक आइतवार विहान ११ः३० देखि बागुस होटलमा सञ्चालन हुने दूतावासले जनाएको छ । यसैगरी पेनाङमा पनि अगष्ट ११ मा समिट होटल बुकित मर्तजाममा हुने दूतावासले जानकारी दिएको छ । दूतावासका अनुसार स्वदेश फर्किन चाहने नेपालीलाई यात्रा अनुमतिपत्र बनाइदिन सो सेवा सञ्चालन गर्न लागिएको हो ।

मलेसिया सरकारले सञ्चालन गरेको व्याक फर गुड आममाफी कार्यक्रममा सहभागि हुन दूतावासले अवैध रुपमा बसेका कामदारलाई अपिल गरेको छ । कागजातविहिन अवैधानिकरुपमा बसिरहेका नेपालीलाई मलेशियाले ल्याएको आममाफीमा सहभागि भएर स्वदेश फर्किन दूतावासले आव्हान गरेको छ ।
यात्रा अनुमति पत्र बनाउन चाहने नेपाली नागरिकले नेपाली नागरिकता र राहदानीको प्रतिलिपि तथा दुईवटा पासपोर्ट साईजको फोटो आवश्यक पर्ने दूतावासले जनाएको छ । यात्रा अनुमतिका लागि १ सय ६० रिंगिट दस्तुर कामदार तिर्नुपर्ने दूतावासको भनाइ छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १० : ५४ बजे

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै

विश्वका प्रमुख मिडियामा जेनजी आन्दोलनको चर्चा

काठमाडौं – नेपालमा २०८२ भाद्र २३ मा सुरु भएको जेन

प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

भोजपुर– भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् ।

पशु चौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा

बागमती– हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका विभिन्न स्थानीय तहमा किसानले पालेका पशु