हजुरआमाको हत्या गरेकाे आरोपमा दुई जना पक्राउ « Khabarhub

हजुरआमाको हत्या गरेकाे आरोपमा दुई जना पक्राउ


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

मोरङ । झापाको गौरादह नगरपालिका–७ योगिटारकी ८२ बर्षीया बृद्धा नरमाया बिश्वकर्माको हत्या गरेको आरोपमा स्थानीय २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फागुन २६ गते देखि घरैबाट अचानक हराईरहेकी बृद्धाको खोजतलास गर्ने क्रममा आफ्नै घर पछाडी रहेको गुवालीमा खाल्डो खनेर गाडेको अवस्थामा फागुन ३० गते बृद्धाको शव फेला परेको थियो ।

गाडेको अवस्थामा शव फेला परेसंगै घटनाबारे सुक्ष्म अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय गौरिगञ्जको प्रहरी टोलीले घटनामा संलग्न रहेका २ जनालाई फागुन ३० गते नै पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मृतककै नाती १८ बर्षीय धिरज बिश्वकर्मा र स्थानीय १८ बर्षीय राजु मल्लिक रहेका छन् । गाँजा खाई लट्ठ भएका बि।क।ले फागुन २६ गते राती २ बजेको समयमा हजुरआमा शौचालय जान उठेको अवस्थामा फलामको रडले टाउको पछाडी प्रहार गर्दा बृद्धाको घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

हजुरआमाको मृत्यु भए पश्चात आफ्नो साथी राजु मल्लिकको समेत सहयोगमा घर नजिकै रहेको गुवालीमा खाल्डो खनेर गाडेको खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौरिगञ्जले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  १० : ०५ बजे

बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा घरदैलो कार्यक्रम

हिमपातपछि जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्ला– हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ

श्रम नगरी देश बन्दैन : हर्क साम्पाङ

दमौली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी

महिला टी–२० विश्वकप ग्लोबल छनोट : स्कटल्यान्डसँग पराजित हुँदै समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ– लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन