आज २०८० साल चैत २ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल चैत २ गते शुक्रबारको राशिफल


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


26.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत २ गते शुक्रबार तदनुसार सन् २०२४ मार्च १५ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। साथीभाइ सकारात्मक छन्। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। दैनिक भन्दा फरक शैलीले काम गर्नुपर्ने हुनसक्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : दिन राम्रो छ। आम्दानीका बाटा धेरै छन्। बिहान शिवको भजन सुनेर कामको सुरुवात गर्नु राम्रो हुन्छ। प्रतिस्पर्धी शान्त हुनेछन्। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मिथुन : दैनिकी राम्रो छ। आफन्त र साथीको सहयोग मिल्नेछ। गुरुले माया गर्ने दिन हो। व्यापारमा नाफा हुनेछ। सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर मिल्नसक्छ।

कर्कट : समय राम्रो छ। श्रम गरेको क्षेत्रबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षा क्षेत्रमा अब्बल बन्नुहुनेछ। परिवारले एक अर्काको मर्म नबुझ्दा पर्ख र हेरको अवस्था सिर्जना हुनसक्छ।

सिंह : समय राम्रो छ। आफूले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानी राम्रो हुनेछ। परिवारले भने शंका गर्नेछन्। मर्यादामा रहेर शंका चिर्ने काम गर्नुपर्नेछ।

कन्या : दिन राम्रो छ। परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा सफलता मिल्नेछ। मन भने दुःखी हुनसक्छ। वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

तुला : समय राम्रो छ। बोलीमा नम्रता रहेको खण्डमा तपाईंलाई सहयोग गर्ने धेरै हुनसक्छन्। आर्थिक क्षेत्र शक्तिशाली देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। तर लगानीमा गलत नजर लगाउने धेरै भएकाले सचेत हुनुपर्नै देखिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : आजको समय सामान्य छ। प्रतिस्पर्धी सक्रिय भएकाले सतर्क रहनु राम्रो हुनेछ। पुरानो रोगले पीडा दिनेछ। खानपानमा ख्याल गर्नुपर्ने समय छ। वैदेशिक क्षेत्रको लगानी राम्रो हुनेछ। परिवार र प्रेम सम्बन्ध रमाइलो बन्नेछ।

धनु : दिन राम्रो छ। तपाईंले आर्जन गरेको धनलाई अवैध भन्ने धेरै छन्। न्याय भने तपाईंलाई नै हुनेछ। नसोचेको स्वास्थ्य समस्या हुने जोखिम देखिन्छ। परिवारले विश्वास नगर्ने समय छ।

मकर : समय राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। खुट्टा तान्नेहरु सक्रिय छन्। बोल्दा सोचेर बोल्नु राम्रो हुन्छ। आफन्त टाढा भए पनि परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। आफन्तले कुरा काटेको सुन्नुपर्ने हुनसक्छ। अचानक खर्च बढ्नेछ। गुरुले सहयोग नगर्ने दिन छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मीन : दैनिकी राम्रो छ। श्रम गरेको भए फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। बोलीमा ख्याल नगर्दा खर्च बढ्नेछ। ऋणको भार पर्ने जोखिम छ। खर्च कटौती गर्नुपर्ने दिन हो। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ५ : ४७ बजे

फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप

सोलुखुम्बु– सोलुखुम्बुको फाप्लु जिल्ला अस्पतालले क्षमताभन्दा बढी सेवा दिनुपर्दा समस्या

ट्रम्पको हस्तक्षेपले रोकिएन अमेरिकामा आप्रवासीको प्रदर्शन

लस एन्जलस – अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्डको

ज्येष्ठ नागरिकलाई सम्मान

ओखलढुङ्गा– ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइका साथै ज्येष्ठ नागरिकलाई

सदरमुकामकै सडक एक दशकदेखि जीर्ण

पर्वत– पर्वतको जिल्ला सदरमुकाम कुश्मा बजारभित्रकै एक सडक विगत १०

रजनीकान्तले एकै फिल्मबाट लिए २८० करोड, बने एसियकै महँगो नायक

काठमाडौं – ७४ वर्षीय भारतीय सुपरस्टार रजनीकान्त एसियाकै महँगो नायकका