आप्रवासी कामदारको जीवनमा खेलबाड भएको त्यो विश्वकप | Khabarhub Khabarhub

आप्रवासी कामदारको जीवनमा खेलबाड भएको त्यो विश्वकप


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

सन् २०२२ को कुरा हो। सञ्जु जयसवाल आफ्ना श्रीमान् कतारमा गएपछि आर्थिक अवस्थाबाट पार पाउने अपेक्षामा थिइन्। परिणाम त्यसको ठिक उल्टो भयो, ६ महिनापछि कतारबाट श्रीमान् अमिरिसको शव नेपालमा आइपुग्यो। यसरी एक होइन हजारौँ जना आप्रवासी कामदारले कतारको दोहामा भएको फिफा विश्वकप फुटबलको संरचना निर्माणमा ज्यान गुमएका छन्।

सन् २०२१ को सुरुवातमा नै बेलायती पत्रिका द गार्जीयनले कतारमा सन् २०२२ मा आयोजना तय भएको विश्वकप फुटबलको भौतिक संरचना तयारीका क्रममा ६ हजार ५ सय जनाको ज्यान गएको रिपोर्ट प्रकाशित गरेको थियो। सन् २०२२ को विश्वकपको जब चर्चा सुरु हुन्छ त्यसै समयमा ती ६ हजार ५ सय जनाको ज्यानको पनि चर्चा हुन्छ।

गार्जीयनको सो अध्ययन र अन्वेषण २०२१ को फेब्रुअरीका प्रकाशित भएको हो। यो तथ्यांक पाँच देशको दूतावासको आधिकारिक सूचीकै अनुसार तयार भएको जनाइएको छ। सबै भन्दा धेरै भारत, बङ्गलादेश, नेपाल, श्रीलङ्का र पाकिस्तानका आप्रवासी शरणार्थीको दोहा विश्वकपको भौतिक संरचना तयार गर्ने क्रममा ज्यान गएको थियो।

सन् २०२१ को सुरुवातमा नै बेलायती पत्रिका द गार्जीयनले कतारमा सन् २०२२ मा आयोजना तय भएको विश्वकप फुटबलको भौतिक संरचना तयारीका क्रममा ६ हजार ५ सय जनाको ज्यान गएको रिपोर्ट प्रकाशित गरेको थियो।

मृत्यु हुने मध्येका धेरै जनाको कारण अस्वाभाविक वातावरण नै थियो। मृत्यु हुने सबैको मृत्युको कारण यथेष्ट जानकारी भने पछिसम्म कसैले पाएको छैन।

सोही सञ्चार माध्यमले सन् २०१३ मा अर्को एक रिपोर्ट प्रकाशित गरेको थियो। सो रिपोर्टमा कामदारको अवस्थालाई ‘आधुनिक दासता’को संज्ञा दिइएको थियो। सोही वर्ष उत्तरी दोहामा नव निर्मित सहर लुसायलको संरचना निर्माणको क्रममा एक गृष्म ऋतुमा मात्र धेरै दर्जन कामदारको मृत्यु भएको जनाइएको थियो। त्यस रिपोर्टको अनुसार कतिपयलाई ज्याला पनि दिइएको थिएन।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का कतार प्रतिनिधि ट्याक्स ट्ननले भने कन्स्ट्रक्सनमा मात्र मृत्यु भएकाको नभई काम नगरी बसेका तथा कार्यालयमा बस्नेको समेत मृत्यु भएको बताएका थिए।

कतार सरकारले यो समाचारलाई अस्वीकार गर्दै आश्चर्य लाग्दो दाबी गरेको थियो। कतारले ३७ जना कामदारको ज्यान गएको दबी गरेको थियो। कतार सरकारकै दाबी अनुसार तीन जानको काम गरिरहेको समयमा र अन्यको काम गरेको समय भन्दाबाहेक नै ज्यान गएको जनाएको थियो।

यसरी तयार भएका संरचनामा दुई प्रतिशत कामदार मात्र रङ्गशालामा व्यस्त भएका अन्य धेरै जना यातायात तथा भवन निर्माणमा व्यस्त भएको जनाइएको थियो। तीन लाख ५० हजार जनसङ्ख्या भएको कतारलाई १२ लाख जनाको आतिथ्य ग्रहण गर्ने जिम्मेवारी दिनु फिफाका सदस्य राष्ट्रको भयङ्कर ठुलो गल्ती भएको धेरैको जिकिर पहिले नै थियो।

कतारले सन् २०११ देखि २०२० को बिचमा १२ हजार चार सय १२ जना आप्रवासीको ज्यान गएको सूची प्रकाशित गरेको थियो। सूचीमा कहाँ कसरी मरेको भन्ने कुरा यकिन थिएन। मृतकको उमेर भने खुलाइएको थियो।

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ लगायत गैरसरकारी संस्थाले पनि दोहाको अवलोकन गरिरहेका थिए। उनीहरूले सन् २०१३ देखि विश्वकप सुरु हुने समयसम्ममा चार हजार जानको ज्यान जाने अनुमान गरेको थियो।

कन्स्ट्रक्सन र काम गर्ने क्षेत्रमै बसोबास गर्नेको सङ्ख्यालाई भने कतारले त्यत्ति सारो चासो दिएको छैन। कतारले सन् २०११ देखि २०२० को बिचमा १२ हजार चार सय १२ जना आप्रवासीको ज्यान गएको सूची प्रकाशित गरेको थियो। सूचीमा कहाँ कसरी मरेको भन्ने कुरा यकिन थिएन। मृतकको उमेर भने खुलाइएको थियो। २० देखि ५० वर्षको बिचमा पाँच हजार ९ सय ३५ जनाको ज्यान गएको कतारको तथ्यांक थियो।

यसरी मर्ने मध्ये सबै भन्दा धेरै भारतीय रहेको दाबी गरिएको छ। धेरै युवा मेडिकल परीक्षा उत्तीर्ण गरेर मात्र कतार पुग्ने भएका कारण यो तथ्याङ्कले धेरै प्रश्न उब्जाएको छ।

कतारमा त्यस समयमा मृत्यु हुने मध्ये आप्रवासीका ४० प्रतिशत २० देखि ४० वर्षका थिए। कतारीको हकमा मृत्यु हुनेमा १२ प्रतिशत सो उमेरका थिए। युवा आप्रवासीको मृत्यु भइरहेको कतारमा मृत्यु हुने त्यही देशका बासिन्दा भने प्राय ५५ वर्ष माथिका थिए।

मृत्युको मुख्य कारण कतारको उच्च तापक्रम रहेको जनाइएको थियो। घर भन्दा बाहिर मानिसले सहन कठिन थियो। त्यहाँको तापक्रम हरेक दिन ३० डिग्री भन्दा बढी हुने गरेको छ भने गर्मी याममा ४० डिग्री भन्दा माथि नै हुने गरेको छ।

यसै कारण कतारले बिहानको ११ बजेर ३० मिनेट गएको समयदेखि साँझको ३ बजेसम्म घर भन्दा बाहिर काम लगाउन प्रतिबन्ध लगाएको हो। सोही पत्रिकाले वेल बल्म थर्मो पनि देखाएको थियो। मानिसमा पर्ने सोलार ह्युमेडेटी र यसको मानिसमा पर्ने असरका बारे चर्चा गरिएको थियो।

 

मृत्युको मुख्य कारण कतारको उच्च तापक्रम रहेको जनाइएको थियो। घर भन्दा बाहिर मानिसले सहन कठिन थियो। त्यहाँको तापक्रम  गर्मी याममा ४० डिग्री भन्दा माथि नै हुने गरेको छ।

अगस्ट महिनामा घण्टाको १५ मिनेट भन्दा बढीको दरले श्रम गर्न कठिन हुने समयमा १० देखि १२ घण्टा काम गर्न लगाइएको थियो। सन् २०१९ मा स्वास्थ्य जर्नल कार्डीयोलोजीमा एउटा रिपोर्ट प्रकाशित भएको थियो। त्यस रिपोर्टका अनुसार पनि कतारमा रहेका नेपालीको माझमा हुने गरेका कार्डीयोभास्कुलर (हृदय घात) दुर्घटनामा तापक्रम एउटा प्रमुख कारण भएको जनाइएको थियो।

काम गर्ने स्थानको तापक्रम नियन्त्रण गरेमा मात्र पनि यस्ता समस्या ३५ प्रतिशतले कर्मी आउनसक्छ। रिपोर्टका अनुसार धेरै जना स्वास्थ्यमा समस्या आएपछि देशमा फर्कने गरेका छन्।

युवामा नै उच्च तापक्रमका कारण क्रोनिक मिर्गौला समस्या हुने गरेको छ। सन् २०१९ को ६ महिनामा खाडी राष्ट्रबाट फर्केकाको बारे नेपालका अनुसन्धान कर्ताले एक अध्ययन गरेका थिए। ती मध्येका तीन चौथाइको मिर्गौलामा ध्यान दिनुपर्ने अवस्था थियो।

सन् २०२२ को डिसेम्बरमा गार्जीयनमा एक रिपोर्ट प्रकाशित भएको थियो। त्यो रिपोर्टमा कन्स्ट्रक्सन साइटमा काम गर्ने कामदारको पीडा उल्लेख थियो। लाखौँको खर्च गरेर दोहा पुगेका उनीहरूको रकमबाट म्यानपावर कम्पनीलाई तिर्नुपर्ने महँगो रकमको बारे उल्लेख गरिएको थियो।

तथ्यांक अनुसार सो विश्वकपको सम्पूर्ण संरचना तयार गर्ने क्रममा सबै भन्दा धेरै कामदार नेपालले पठाएको थियो। सन् २०२२ को अन्त्यमा न्यु योर्क टाइम्सको एक रिपोर्टका अनुसार सन् २०१० देखि विश्वकपको पूर्ण संरचना तयार हुनु भन्दा अघिसम्म दुई हजार एक सय नेपाली कामदारको ज्यान गएको थियो। त्यसरी मृत्यु हुने मध्य धेरै जसो २० देखि २५ वर्षका थिए।

सन् २०२२ को अन्त्यमा न्यु योर्क टाइम्सको एक रिपोर्टका अनुसार सन् २०१० देखि विश्वकपको पूर्ण संरचना तयार हुनु भन्दा अघिसम्म दुई हजार एक सय नेपाली कामदारको ज्यान गएको थियो। त्यसरी मृत्यु हुने मध्य धेरै जसो २० देखि २५ वर्षका थिए।

यसरी धेरै जनाको मृत्यु हुँदा नेपाल सरकारका सबै निकाय तथा दूतावासको काम चासोको विषय बनेको छ। कत्तिसम्म भने नेपाली फुटबलका तत्कालीन समयका दुई अध्यक्षको कतार मोह समेत अत्यधिक थियो।

एसियाली फुटबल महासङ्घ तत्कालीन अध्यक्ष मोहम्मद बिम हमाम कतारीसँग आर्थिक लाभ लिएको आरोप सहेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापाले १० वर्षको प्रतिबन्ध सहेका छन्।

यस अघिका अध्यक्ष कर्मा छिरिङ शेर्पाको पनि पूर्व राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताइरी प्रतिको मोह अचम्मको थियो। अल्मुताइरीले एउटा मैत्रीपूर्ण फुटबलको दौरान सबै पूर्ववर्ती फुटबल खेलाडीलाई इङ्गित गर्दै ‘यस अघिका सबै नेपाली घुम्न मात्र विदेश जाने गरेको’ भन्ने अभिव्यक्ति दिँदा पनि बचाउमा लागेका थिए। एन्फा अध्यक्ष थापाको ओरालो यात्रा त्यहीँबाट सुरु भएको थियो।


स्रोतः लेमेन्डे, द गार्जीयन, न्यु योर्क टाइम्स

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ७ : १३ बजे

कृषिको आधुनिकीकरण आजको आवश्यकता : लिङ्देन

कैलाली– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कृषिमा आधुनिकीकरण

मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु

काठमाडौं– मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित १३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त

अबुधाबीस्थित नेपाली दूतावासमा निर्यात प्रवर्द्धनबारे छलफल

काठमाडौं– आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने सरकारको

तनहुँको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

तनहुँ– धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास

हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन

हुम्ला– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण