साधना थिएटरमा डान्स फिवरकाे `रिफन्ड´  « Khabarhub

साधना थिएटरमा डान्स फिवरकाे `रिफन्ड´ 


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओस्कार इन्टरनेशनल कलेजकाे साधना थिएटरमा नाटक ‘रिफन्ड’ प्रदर्शन भइरहेको छ । डान्स फिवरकाे प्रस्तुति ‘रिफन्ड’ गत फागुन २७ गते देखि प्रदर्शन भइरहेको हाे ।

नाटक दैनिक ३ देखि ५ साे मा देखाइएको छ । नाटक देखाइने अन्तिम दिन आगामी आइतबारसम्म रहेको डान्स फिवरकी प्रबन्ध निर्देशक निस्मा घिमिरेले जानकारी दिइन् ।

११ कक्षाको अनिवार्य अङ्ग्रेजी विषयमा रहेको नाटक हुँदा ११ कक्षा पढ्ने विद्यार्थीहरूले विशेष रूपमा यो नाटक हेर्न प्रबन्ध निर्देशक घिमिरेले आव्हान गरेकी छिन् ।

नाटकमा निजी विद्यालयको बेतिथि र शैक्षिक बेरोजगारको कथा समेटिएको छ ।

संगम विष्टले उत्पादन गरेको नाटकमा जीवन बस्नेत, विशाल रिजाल, निक्रित श्रेष्ठ, याेगेन्द्र राना, इशा सिजाली, झलनाथ खत्री, युदिप सिटौला र  अमृत घिमिरेको अभिनय रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ४ : २७ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।