सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दायर « Khabarhub

सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दायर


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका वैदेशिक मामिला सल्लाहकार जीवन गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयको अनुसन्धान प्रतिवेदनका आधारमा गुरुङविरुद्ध  शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएकाे हाे ।

गुरुङविरुद्ध १ अर्ब ४० करोड रुपैयाँ बराबरको बिगो र ५ वर्ष कैद सजायको माग दाबी गरिएको  छ ।

गत मंसिर २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित बारपाक, गोरखाका चन्द्र घले पक्राउ परेका थिए । त्यसमा अनुसन्धान हुँदै जाँदा उक्त गिरोहले १ सय ३८ किलो अवैध सुन तरिकाले ओसारेको पत्ता लागेको हाे ।

सोही प्रकरणमा गुरुङको संलग्नता रहेकाे खुलेपछि प्रहरीले उनलाई  फागुन १४ गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ५ : ५६ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने