सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दायर « Khabarhub

सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दायर


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका वैदेशिक मामिला सल्लाहकार जीवन गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयको अनुसन्धान प्रतिवेदनका आधारमा गुरुङविरुद्ध  शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएकाे हाे ।

गुरुङविरुद्ध १ अर्ब ४० करोड रुपैयाँ बराबरको बिगो र ५ वर्ष कैद सजायको माग दाबी गरिएको  छ ।

गत मंसिर २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित बारपाक, गोरखाका चन्द्र घले पक्राउ परेका थिए । त्यसमा अनुसन्धान हुँदै जाँदा उक्त गिरोहले १ सय ३८ किलो अवैध सुन तरिकाले ओसारेको पत्ता लागेको हाे ।

सोही प्रकरणमा गुरुङको संलग्नता रहेकाे खुलेपछि प्रहरीले उनलाई  फागुन १४ गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ५ : ५६ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६