टर्कीमा पाँच बालबालिकासहित २१ आप्रवासीको मृत्यु « Khabarhub

टर्कीमा पाँच बालबालिकासहित २१ आप्रवासीको मृत्यु


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल – टर्कीको सामुद्रिक तटमा एउटा डुङ्गा डुब्दा पाँच बालबालिकासहित २१ आप्रवासीको मृत्यु भएको स्थानीय अधिकारीहरूले शुक्रबार बताएका छन् । पीडितहरूको राष्ट्रियता अहिलेसम्म खुल्न सकेको छैन ।

दुई जनालाई टर्कीएका तटरक्षकहरूले उद्धार गरेको र अर्का दुईलाई आफैँ पानीबाट बाहिर निकाल्न सफल भएको अधिकारीहरूले बताएका छन् । ग्रिसको लोम्नोस टापुनजिकैको उत्तरपश्चिमी प्रान्त क्यानाकलको टर्कीएको सबैभन्दा ठूलो टापू गोकसेडा वा इम्ब्रोसस्थित एजियन सागरको तटमा डुङ्गा डुबेको थियो ।

“सुरक्षा दलले पाँच बालबालिकासहित २१ जनाको शव फेला पारेको छ”, स्थानीय गभर्नरको कार्यालयले विज्ञप्तिमा भनेको छ । एउटा विमान, दुईवटा हेलिकप्टर, एउटा ड्रोन, १८ वटा डुङ्गा र पाँच सय दुई कर्मचारी खोजी तथा उद्धार अभियानमा सहभागी भएको विज्ञप्तिमा उल्लेख छ ।

टर्कीमा अधिकांश सिरियालीसहित करिब ४० लाख शरणार्थी रहेका छन् । समृद्ध युरोपेली सङ्घ (इयु) का मुलुकहरूतिर जान धेरै आप्रवासी टर्कीको पश्चिमी तटबाट ग्रिक टापु पुग्ने प्रयास गर्छन् । यीमध्ये धेरैजसो खतरनाक समुद्र पार गर्दा मर्ने गर्छन् ।

स्थानीय अधिकारीहरूका अनुसार रातभरमा डुङ्गा डुब्न थालेपछि शुक्रबार धेरै एम्बुलेन्स गोकसेडा नजिकैको कबातेपमा तैनाथ थिए । हालैका साताहरूमा टर्की र ग्रिसबीचको जल क्षेत्रमा आप्रवासीहरूको गतिविधि बढेका छन् । साताको प्रारम्भमा ग्रिस पार गर्ने प्रयास गरिरहेका बालबालिकासहित सयौँ आप्रवासीलाई बचाएको टर्कीका तटरक्षकहरूले बताएका छन् ।

धेरै वर्षदेखि भूमध्य सागर अफ्रिका र मध्यपूर्वबाट युरोपतिर आउने आप्रवासी प्रवाहको केन्द्र बनेको छ । सिरियाली गृहयुद्धबाट भागेका धेरै आप्रवासीले युरोपमा शरण लिन खोज्दा सन् २०१५ मा तीव्र आप्रवासी सङ्कट चरम अवस्थामा पुगेको थियो । टर्कीले आर्थिक सहायता र अन्य प्रोत्साहनको बदलामा इयुसम्म पुग्ने प्रयास गरिरहेका शरणार्थीको आगमनलाई रोक्नका लागि सन् २०१६ मा इयुसँग सम्झौता गरेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ७ : ३५ बजे

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४