‘पुजार सार्की’ : आर्यनको भिडियो लिक ? « Khabarhub

‘पुजार सार्की’ : आर्यनको भिडियो लिक ?


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘पुजार सार्की’मा आर्यन सिग्देलले निर्वाह गरेको चरित्र खुल्ने भिडियो सार्वजनिक भएको छ । २४ सेकेन्ड लामो सो भिडियोमा ढाका टोपी, सर्ट, रातो स्विटर र पेन्ट लगाएर उनी पञ्चे बाजाको तालमा नाचिरहेका छन् ।

फिल्म ‘मैत बहादुर’को भूमिका निर्वाह गरेका प्रदीप खड्का पनि उक्त भिडियोमा देखिएका छन् । उनी दमाह बजाइरहेका छन् ।

निर्माण पक्षले सुटिङका क्रममा कसैले भिडियो खिचेर सार्वजनिक गरेको हुनसक्ने आशंका गरेको छ । यद्यपि यस विषयलाई उनीहरूले सामान्य रूपमा लिएका छन् ।

फिल्मका निर्देशक दिनेश राउत खबरहबसँग भन्छन्, ‘हामीले योजना बनाएर पात्रको लुक्स सार्वजनिक गरेका छौं । भिडियो लिक भनेर हल्ला पनि भइरहेको छ । यसलाई ठूलो विषय बनाउन आवश्यक छैन । कानुनी प्रक्रियामा जानै पर्ने विषय पनि होइन यो ।’

पुजार सार्कीको टिम अहिले कास्की जिल्लामा छायांकनमा व्यस्त छ । फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाहले अन्जना बराइली र परीक्षा लिम्बूको  प्रमुख भूमिका रहेको निर्माण पक्षले जनाएको छ ।

जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षमा आधारित कथा फिल्म निर्माण हुने निर्माण पक्षले बताएको छ ।

विकास सुवेदीले लेखन रहेको यो फिल्ममा सुवास भुसालको लगानी रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ८ : ३२ बजे

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति

मिराज नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज प्रदर्शन गर्दै

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले