घरबाट निस्कने बेलामा खाली भाँडा देखे के हुन्छ ? « Khabarhub

घरबाट निस्कने बेलामा खाली भाँडा देखे के हुन्छ ?


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली समाजमा घरबाट कुनै सुभ काममा निस्किन लाग्दा पानी राख्ने गरेका भाँडा खाली देखियो भने अशुभ हुन्छ भन्ने मान्यता छ ।

कोही कोही त आफू हिँड्ने बेलामा कसैले खाली भाँडा निकाल्यो भने रिसाएर समेत हिँड्ने गर्छन् । तर त्यही भाँडामा पानी भरिएको देखियो भने धेरै जना खुसीले फुरुङ हुन्छन् । आजको दिन शुभ हुने भयो, दिन कति राम्रो रहेछ भनेर प्रशंसा गर्ने गर्छन् ।  

खाली भाँडो र फोहोर देख्नु आखिर के को सङ्केत हो त ?
यदि घरबाट बाहिर निस्कँदा खुट्टा हिलो वा गोबरमा परे वा दूध, खाली भाँडो वा फोहोर देखिएमा यसलाई असफलताको सूचक मानिन्छ । यस्तोमा इष्ट देवको नाम लिई भगवान् शिव सम्झने, शिवको जप गर्नु पर्दछ भन्ने मान्यता छ ।

कुनै पनि शुभ कामका लागि जाँदा साथमा कलम वा रुमाल अनिवार्य बोक्नु पर्ने अन्यथा विवादमा पर्न सकिने मान्यता छ । शास्त्रका अनुसार यस्ता केही अशुभ सङ्केत भएमा केहीबेर रोकिई मिठाई र पानी खाएर हिँड्नु पर्दछ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ५ : ५८ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका