११२ वर्षपछि बन्ने भयो टाइटानिक–२, २३ सय बढीले यात्रा गर्न सक्ने « Khabarhub

११२ वर्षपछि बन्ने भयो टाइटानिक–२, २३ सय बढीले यात्रा गर्न सक्ने


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

सिड्नी– ११२ वर्ष पछि इतिहास दोहोरिने भएको छ । सन् १९१२ मा डुबेको टाइटानिक जहाजको धर्तीमा फेरि टाइटानिक–२ निर्माण गर्ने तयारी भइरहेको छ ।

अस्ट्रेलियाका अर्बपति तथा पूर्वसांसद क्लाइभ पाल्मरले यसलाई निर्माण गर्ने पूर्ण योजना बनाएका छन् । यसका लागि टेण्डर दिने काम पनि तीब्र गतिमा सुरु भएको छ ।

सीएनएनका अनुसार क्लाइभले टाइटानिक–२ पहिलेको टाइटानिक भन्दा धेरै राम्रो हुने र यात्रुहरूले पूर्ण विलासिताका साथ यात्रा गर्ने मौका पाउने दाबी गरेका छन् ।

विश्वको ७३२औँ धनी व्यक्ति क्लाइभ पाल्मरले यसै साता सिड्नीमा पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएका हुन । उनले टाइटानिक– २ बनाउने सपना अझै अधुरै रहेको बताए ।

टाइटानिक बनाउने कम्पनीको नाम ह्वाइट स्टार लाइन थियो । सोही आधारमा क्लाइभले आफ्नो कम्पनीको नाम ब्लू स्टार लाइन राखेका छन् ।

यो जहाज पहिलो टाइटानिक जस्तै तयार हुनेछ । यसमा प्रसिद्ध सिँढीहरू, धुमपान कोठा, थिएटर, क्यासिनो, विभिन्न वर्गका मानिसहरूका लागि खानाको व्यवस्था पनि समावेश हुनेछ।

यसमा तेस्रो दर्जाका मानिसका लागि क्याफेटेरिया पनि बनाइनेछ । यो जहाज ८३३ फिट लामो र १०५ फिट चौडा हुनेछ । यो ९ डेक जहाजमा ८ सय ३५ क्याबिन हुनेछन् जसमा २ हजार ३ सय ४५ यात्रुले यात्रा गर्न सक्नेछन् ।

जसमा प्रथम श्रेणीका लागि ३८३, द्वितीय श्रेणीका लागि २०१ र तृतीय श्रेणीका लागि २५१ कोठा तयार पारिनेछ । टाइटानिक–२ को पहिलो यात्रा जुन २०२७ मा निर्धारित गरिएको छ । यो इंग्ल्याण्डदेखि न्यूयोर्कसम्म चल्नेछ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ७ : ५२ बजे

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।