राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजाअर्चना « Khabarhub

राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजाअर्चना


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना गरेका छन् ।

विभिन्न कार्यक्रममा सहभागी हुन आज बिहान महोत्तरी पुगेका राष्ट्रपति पौडेलले केहीबेर अघि जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथको पूजाअर्चना गरेका हुन् ।

राष्ट्रपति पौडेललाई जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बाबा जलेश्वरनाथको मूल गुफा (१६ भर्‍याङमुनि) जलभित्र रहेका जलेश्वरनाथ महादेवको विशेष पूजाअर्चना गराएका हुन् । उनले  मन्दिर परिसरमा माता पार्वती र गणेशको पनि पूजाअर्चना गरेका थिए ।

बाबा जलेश्वरनाथको पूजापश्चात् राष्ट्रपति पौडेल जलेश्वर नगरपालिका– ५ चौरिया गाउँमा अवस्थित पूर्वखेलकुदमन्त्री स्व गणेश नेपालीको सालिक अनावरण कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  १० : ४६ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट