सुशासन कायम गर्दै नीतिगत सुधारका पक्षमा सरकारले काम गर्नुपर्छ : स्वर्णिम वाग्ले « Khabarhub

सुशासन कायम गर्दै नीतिगत सुधारका पक्षमा सरकारले काम गर्नुपर्छ : स्वर्णिम वाग्ले


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा स्वर्णिम वाग्लेले सुशासन कायम गर्ने र नीतिगत सुधारको प्रयासमा सरकारले काम गर्नुपर्नेमा जोड दिएका छन् । 

आज आयोजना भएको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स-२०२४’ मा उनले सुशासन कायम गर्ने र नीतिगत सुधारको प्रयाससहित सत्तारुढ दलले न्यूनतम साझा संकल्प ल्याएर जनतालाई सुशासनको अनुभूति दिलाउने गरी काम गर्नुपर्नेमा जोड दिए  ।

सांसद वाग्लेले अर्थतन्त्रको सुधारलाई मुख्य केन्द्रमा राखेर जनतामा भरोसा जगाउने गरी सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्ने भन्दै यसले सुशासनका साथै आर्थिक नीति सुधारमा नयाँ प्रस्थान बिन्दु तय गर्ने बताए । 

सुधारको प्रयास गर्ने भनेर प्रधानमन्त्रीका तर्फबाट प्रतिबद्धता आएकाले आफ्नो दल सरकारमा गएको दाबी गर्दै उनले सरकारमा बसेर काम गर्न नसकेको अवस्थामा रास्वपाले सरकार छोड्ने बताए।

‘सुशासनको प्रत्याभूतिसहित नयाँ आशा जगाउने तथा दण्डहिनताको अन्त्य गर्नुपर्छ । विभिन्न भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने गरी सरकारमा रहेका सबैले काम गर्नुपर्छ’”, सांसद वाग्लेले भने। 

पछिल्लो समय बजार माग र खपतमा (मार्केट डिमाण्ड एण्ड कन्जम्सन) कमी आएको वाग्लेको भनाइ छ । नेपालको युवा जनशक्ति विदेशिएका कारण खपतमा कमी आएको उहाँको दाबी छ । पछिल्लो समय साना र मझौला व्यवसायी पलायन भइरहेको पनि उनले बताए ।

अहिलेको सरकारले संरचनागत सुधारका लागि प्रयास गर्नुपर्ने उनको भनाइ छ । अहिले चालु खर्च र सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीमा ठूलो रकम खर्च भइरहेको बताउँदै सांसद वाग्लेले पुँजी निर्माण गर्ने विकास खर्च भने निकै कम रहेको बताए । उपभोक्ता मागको सङ्कुचन र विकास खर्चमा देखिएको न्यूनताका कारण निजी क्षेत्रको लगानी पनि बढ्न नसकेको उनको भनाइ छ ।

भारतसँगको स्थिर विनिमयदरलाई परिमार्जन गर्न आवश्यक रहेको वाग्लेले बताए। नेपाली मुद्राको अधिमूल्यन भएका कारण आयात बढिरहेको उनले दाबी गरे। ठूलो कारोबार रहेका सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकको नियामकीय अधिकार क्षेत्रभित्र लैजान आवश्यक रहेको उनले बताए । विप्रेषणबाट आएको रकमलाई दूरगामी प्रकृतिका पूर्वाधार निर्माणमा लगाइनुपर्नेमा उनले जोड दिए । विदेशी मुद्रा सञ्चिती बढिरहेकामा त्यसको अर्थपूर्ण नतिजामुखी प्रयोग आवश्यक रहेको वाग्लेले बताए।

चालु आर्थिक वर्षको आठ महिना अवधिमा करिब रु एक खर्ब ६० अर्ब बराबर बजेट घाटा देखिएको उल्लेख गर्दै वाग्लेले सार्वजनिक वित्तका क्षेत्रमा देखिएका समस्याकै कारण अर्थतन्त्रमा अरु समस्या पनि थपिएको बताए। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा नेपालको कूल गार्हस्थ्य उत्पादनको हाराहारीमा पुगिसकेको उनले बताए।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ३ : ३१ बजे

रोनाल्डोको विश्वकप यात्राको दुःखद अन्त्य, डलास मैदानमा पोखिए आँसु

काठमाडौँ – डलासको अत्यधिक गर्मी मौसमबीच सोमबार राति पोर्चुगिज फुटबलका

पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौँ – वैकल्पिक खेलाडी मिकेल मेरिनोले इन्जुरी समयको पहिलो मिनेट

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड