टर्कीसँग श्रम सम्झौता गर्ने विषयमा छलफल « Khabarhub

टर्कीसँग श्रम सम्झौता गर्ने विषयमा छलफल


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालकी कामदार टर्कीमा पठाउने विषयमा छलफल थालेको छ। नेपालबाट कामदार लैजान टर्की इच्छुक भएपछि मन्त्रालयले छलफल र श्रम समझदारीको मस्यौदा आदान प्रदान गर्ने प्रक्रिया अघि बढाएको हो ।

गत जेठको अन्तिम साता जेनेभामा भएको दुई देशबीचको श्रम मन्त्रालयस्तरीय बैठकमा टर्कीले नेपाली कामदार लैजाने प्रस्ताव गरेको थियो । सोही अनुसार छलफल र श्रम समझदारीको मस्यौदा आदान प्रदान प्रक्रियाको काम भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

विभिन्न क्षत्रेमा आवश्यक कामदार नेपालबाट लिने प्रस्ताव टर्कीले प्रस्ताव गरेको थियो । त्यसै अनुरुप टर्कीलाई श्रम समझदारीको मस्यौदा पठाउन अन्तिम तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

टर्कीमा संस्थागत रुपमा वैदेशिक रोजगारी खुला गर्न दुवै देशले श्रम समझदारीका लागि वार्ता अघि बढाउन लागेको मन्त्रालयले जनाएको छ । हाल व्यक्तिगत रुपमा नेपाली कामदार टर्की गइरहेका छन् ।

दई देश कामदार आपूर्तिका लागि छलफल गरेर श्रम समझदारी (एमओयू) हुने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १२ : ५७ बजे

ब्रिक्स शिखर सम्मेलनमा युद्ध र विश्व व्यापार मुख्य एजेन्डा

नयाँदिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक जारी

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक