टर्कीसँग श्रम सम्झौता गर्ने विषयमा छलफल « Khabarhub

टर्कीसँग श्रम सम्झौता गर्ने विषयमा छलफल


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालकी कामदार टर्कीमा पठाउने विषयमा छलफल थालेको छ। नेपालबाट कामदार लैजान टर्की इच्छुक भएपछि मन्त्रालयले छलफल र श्रम समझदारीको मस्यौदा आदान प्रदान गर्ने प्रक्रिया अघि बढाएको हो ।

गत जेठको अन्तिम साता जेनेभामा भएको दुई देशबीचको श्रम मन्त्रालयस्तरीय बैठकमा टर्कीले नेपाली कामदार लैजाने प्रस्ताव गरेको थियो । सोही अनुसार छलफल र श्रम समझदारीको मस्यौदा आदान प्रदान प्रक्रियाको काम भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

विभिन्न क्षत्रेमा आवश्यक कामदार नेपालबाट लिने प्रस्ताव टर्कीले प्रस्ताव गरेको थियो । त्यसै अनुरुप टर्कीलाई श्रम समझदारीको मस्यौदा पठाउन अन्तिम तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

टर्कीमा संस्थागत रुपमा वैदेशिक रोजगारी खुला गर्न दुवै देशले श्रम समझदारीका लागि वार्ता अघि बढाउन लागेको मन्त्रालयले जनाएको छ । हाल व्यक्तिगत रुपमा नेपाली कामदार टर्की गइरहेका छन् ।

दई देश कामदार आपूर्तिका लागि छलफल गरेर श्रम समझदारी (एमओयू) हुने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १२ : ५७ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको