सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्नु जरुरी छ : मुख्यमन्त्री शाह « Khabarhub

सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्नु जरुरी छ : मुख्यमन्त्री शाह


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

गोदावरी– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले समयानुसार सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने बताएका छन् ।

आज नेपाल सुनचाँदी व्यवसायी महासङ्घ सुदूरपश्चिम प्रदेश समितिद्वारा आयोजित चौथो प्रदेशसभा तथा दोस्रो अधिवेशन कार्यक्रममा उनले अग्रजले परम्परागतरूपमा गर्दै आएको व्यवसायलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिए । 

मुख्यमन्त्री शाहले सुन चाँदी व्यवसायको कला र सीपलाई समाजले सम्मान गर्न आवश्यक रहेको बताउँदै सो व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न जरुरी रहेको धारणा व्यक्त गरे।

पछिल्लो समय विदेशी गहनाहरूले बजार लिइरहेको अवस्थामा नेपाली गहना ओझेलमा पर्न सक्ने खतरा रहेको उनको भनाइ थियो । उनले परम्परागत मौलिक संस्कृति झल्किने गरगहना लोपोन्मुख अवस्थामा रहेकाले त्यसको संरक्षण गर्न आवश्यक रहेको बताए।

मुलुकको अर्थतन्त्रमा मात्र नभइ राष्ट्रको समृद्धिका लागि सुन चाँदी व्यवसायीको भूमिका अपरिहार्य भएको उनले बताए। 

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका सुदूरपश्चिम प्रदेश अध्यक्ष सन्तोष लामिछानेले नेपालका मौलिक गहनालाई राष्ट्रिय गहना घोषणा गर्न सरकारको ध्यान जानुपर्ने बताए। 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ७ : ३५ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा