फागु पर्व विधिवत रुपमा सुरु (फोटो फिचर) | Khabarhub Khabarhub

फागु पर्व विधिवत रुपमा सुरु (फोटो फिचर)



काठमाडौँ– यस वर्षको फागु (होली) पर्व सुरु भएको छ । आज बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा काठमाडौँको बसन्तपुरस्थित हनुमानढोका अगाडि ध्वजापताकाले सजाइएको चिर ठड्याएसँगै फागु पर्व विधिवत रुपमा सुरु भएको हो । हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चिर ठड्याउने गरिन्छ ।

हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेका थिए । यस वर्ष यही चैत ११ गते फागु पर्व परेको छ । काठमाडौँ उपत्यका लगायत पहाडी क्षेत्रमा सोही दिन यो पर्व मनाइन्छ भने तराई क्षेत्रमा भोलिपल्ट होली मनाइन्छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ८ : ४१ बजे

कृषि समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक

यी भूभागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज श्रीकृष्ण जन्माष्टमी पर्व

काठमाडौं – ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

काठमाडौं– ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय