कांग्रेसले संसद्‍मा दर्ता गरायो जरुरी महत्वको प्रस्ताव « Khabarhub

कांग्रेसले संसद्‍मा दर्ता गरायो जरुरी महत्वको प्रस्ताव


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले क्वारेन्टाइनको उचित प्रबन्ध गर्न र जडीबुटी निकासीलाई सहज बनाउनका लागि सरकारको ध्यानाकर्षण गराउन संसद्‍मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

कांग्रेस सांसदहरुले बुधबार क्वारेन्टाइनको समस्याका कारण जडीबुटी निकासीमा आएको अवरोध अन्त्य गर्न छलफल गर्नुपर्ने जनाउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उक्त सार्वजनिक महत्वको सूचना प्रतिनिधिसभामा पेश गरेका हुन् ।

उक्त प्रस्तावको प्रस्तावकमा सांसद रङ्गमती शाही छन् भने समर्थकमा सांसद बालकृष्ण खाँण, डिला सङ्ग्रौला पन्त र प्रकाश रसाइली स्नेही छन् ।

नेपालको हिमाली तथा पहाडी भू–भाग जडीबुटी भण्डारका रुपमा रहेको छ । यस भेगमा नेपाली नागरिकको ठूलो सङ्ख्याले जडीबुटी सङ्कलन, उत्पादन, भण्डारण, बिक्री वितरणमा प्रत्यक्ष रोजगारी पाएका छन् । नेपालबाट विदेश निर्यात हुने महत्वपूर्ण वस्तुमा जडीबुटी पर्छ ।

नेपालमा उत्पादित र सङ्कलित सबै जडीबुटीको प्रशोधनको प्रबन्ध नेपालमै हुन नसकेको र क्वारेन्टाइनसम्बन्धी व्यवस्था पनि नहुँदा निकासी भइरहेको जडीबुटीमा अवरोध उत्पन्न हुनाका साथै सङ्कलित जडीबुटी खेर जाने, नोक्सान हुने तथा यस क्षेत्रका हजारौँ नेपालीको रोजगारीमा समेत असर परेको प्रस्तावमा उल्लेख छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १ : ४२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन