कांग्रेस सांसदले गीत गाए एक महिनाको तलब दिने नेकपा सांसको घोषणा ! « Khabarhub

कांग्रेस सांसदले गीत गाए एक महिनाको तलब दिने नेकपा सांसको घोषणा !


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक पशुपति शर्माले गाएको गीत ‘लुट्न सके लुट कान्छा’  हटाएको विषयमा संसदमा सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले जनगायन गरेको भन्दै गायक पशुपति शर्मालाई आफ्नो तलबबाट २५ हजार पुरस्कार दिने घोषणा गरेपछि सत्ता पक्षका सांसदले प्रतिवाद गरेका छन् ।

सत्तारुढ दल नेकपाका सांसद झपटबहादुर रावलले शर्माको गीतलाई सरकारले प्रतिवन्ध नलागएको भन्दै प्रतिपक्षीका सांसदले नगद पुरस्कार नै घोषणा गरेपछि यसको रहस्य सार्वजनिक भएको बताए ।

‘एकजना सांसले २५ हजार पुरस्कार दिने घोषणा गरेपछि रहस्य बाहिर आएको छ । सरकारले कुनै पनि प्रतिवन्ध लगाएको छैन’ सांसद रावलले भने,‘ भगवान पशुपतिले जोगाउन नसकेको प्रतिपक्षीलाई गायक पशुपतिले रक्षा गरुन् !’

सुशील कोइरालाको पालमा गायक शर्माले ‘जापान पनि यही अमेरिका पनि यही’ भन्ने गीत गाएको र यो सरकारलाई राक्षस, यमराज, कुकुरको संज्ञा दिएर देश लुट्न प्रेरित गरेरको भन्दै सत्तापक्षका सांसदले आपत्ति जनाए ।

सांसद रावलले गायक शर्मालाई २५ हजार पुरस्कार घोषणा गर्ने कांग्रेस सांसद अमरेशले संसदमा सोही गीत गाएको खण्डमा आफ्नो एक महिनाको पारिश्रमिक दिने घोषणा गरे ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  २ : २९ बजे

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि

बुटवलमा औद्योगिक प्रदर्शनी बुधबारदेखि, तयारी पूरा

लुम्बिनी– रुपन्देहीमा हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ– माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं– नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा

भीरबाट लडेर एक वृद्धाको मृत्यु

बैतडी– स्याउला काट्न गएकी बैतडीकी एक वृद्धाको भिरबाट लडेर मृत्यु