कांग्रेस सांसदले गीत गाए एक महिनाको तलब दिने नेकपा सांसको घोषणा ! « Khabarhub

कांग्रेस सांसदले गीत गाए एक महिनाको तलब दिने नेकपा सांसको घोषणा !


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक पशुपति शर्माले गाएको गीत ‘लुट्न सके लुट कान्छा’  हटाएको विषयमा संसदमा सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले जनगायन गरेको भन्दै गायक पशुपति शर्मालाई आफ्नो तलबबाट २५ हजार पुरस्कार दिने घोषणा गरेपछि सत्ता पक्षका सांसदले प्रतिवाद गरेका छन् ।

सत्तारुढ दल नेकपाका सांसद झपटबहादुर रावलले शर्माको गीतलाई सरकारले प्रतिवन्ध नलागएको भन्दै प्रतिपक्षीका सांसदले नगद पुरस्कार नै घोषणा गरेपछि यसको रहस्य सार्वजनिक भएको बताए ।

‘एकजना सांसले २५ हजार पुरस्कार दिने घोषणा गरेपछि रहस्य बाहिर आएको छ । सरकारले कुनै पनि प्रतिवन्ध लगाएको छैन’ सांसद रावलले भने,‘ भगवान पशुपतिले जोगाउन नसकेको प्रतिपक्षीलाई गायक पशुपतिले रक्षा गरुन् !’

सुशील कोइरालाको पालमा गायक शर्माले ‘जापान पनि यही अमेरिका पनि यही’ भन्ने गीत गाएको र यो सरकारलाई राक्षस, यमराज, कुकुरको संज्ञा दिएर देश लुट्न प्रेरित गरेरको भन्दै सत्तापक्षका सांसदले आपत्ति जनाए ।

सांसद रावलले गायक शर्मालाई २५ हजार पुरस्कार घोषणा गर्ने कांग्रेस सांसद अमरेशले संसदमा सोही गीत गाएको खण्डमा आफ्नो एक महिनाको पारिश्रमिक दिने घोषणा गरे ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  २ : २९ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन