सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


22.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत हप्ता शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको १५३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदी तोलाको १५१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ११ : ०३ बजे

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब

‘आहा–रारा कप’ को तयारी पूरा

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

नयाँ दिल्ली- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी

नयाँ सांसद आउँदा नयाँ संसद् भवन प्रयोग हुने

काठमाडौं– संघीय संसद् सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ