उखु पेल्ने मेसिन पाउँदा किसान उत्साहित « Khabarhub

उखु पेल्ने मेसिन पाउँदा किसान उत्साहित


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.1k
Shares
  • change font
  • change font
  • change font

गल्याङ– परम्परागत रूपमा उखु खेती गर्दै आएका स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ लुङ्सिङका किसान प्रविधिको प्रयोग गर्न पाउँदा उत्साहित भएका छन् । गोरु नारेर उखु पेल्दै आएका यहाँका किसानलाई गाउँपालिकाले अनुदानमा उखु पेल्ने मेसिन दिएपछि किसानले सहज महसुस गरेका छन् ।

परम्परागत शैलीमा उखु खेती गर्दा, पेल्दा अत्यन्त झन्झटिलो, श्रम र समयको खर्च बढी भएपछि यहाँका किसान उखुखेतीबाट बिमुख हुँदै गएको अवस्थामा गाउँपालिकाले उखु पेल्ने आधुनिक उपकरण, खेतीसम्बन्धी तालिम दिएपछि पुरानै पेसामा फर्कनेको सङ्ख्या बढ्दै गएको छ । लुङ्सिङका १५ घरपरिवार उखु खेतीमा आबद्ध छन् ।

यहाँका किसानले करिब एक सय वर्षदेखि उखु खती गर्दै आएका छन् । खुदो बनाएर आम्दानी लिनु यहाँका किसानको मुख्य पेसा हो । स्थानीय भुवानन्द न्यौपानेले गोरु नारेर उखु पेल्दा श्रम र समयको खर्च हुने भएकाले उखु खेतीतर्फ जाँगर हराउँदै गएको स्मरण गरे। गाउँपालिकाले उखु पेल्ने मेसिन दिएपछि भने आफूहरूमा उत्साह थपिएको बताए ।

‘परम्परागत रूपमा उखु पेल्दा दिनै भरी लाग्थ्यो । मेसिनमा भने दिनभरको काम एकै घण्टामै हुने भएको छ’, उनले भने, ‘गाउँपालिकाले यहाँका किसानलाई उखु खेतीसम्बन्धी तालिमसमेत दिएको छ । यहाँका सबै किसानको मनस्थिति उखु खेती विस्तार गर्दै लैजाने छ ।

बाउबाजेको सिको गर्दै उखु खेती गरिरहेका यहाँका किसान प्रविधिको ज्ञानको अभावमा विस्थापित हुने अवस्थामा पुगेका थिए । ‘खेती लगाउन त्यति गाह्रो छैन । तर रसबाट खुदो बनाउन अत्यन्त मेहनत लाग्छ । ठूला ठूला मुडा, काठ दाउरा जङ्गलबाट ल्याउन, पकाउन निक्कै गाह्रो छ’, न्यौपानेले थपे, ‘खुदो बनाउन श्रम बढी खर्च हुने हुँदा युवाको आकर्षण यो पेसातर्फ त्यत्ति देखिँदैन ।’

‘गुल्मीको थोर्गाबाट बीउ ल्याएर बाउबाजेले यहाँ उखु खेती सुरु गर्नुभएको हो भन्ने सुन्दै आएका छौँ’, उनले भने, ‘एक पाथी खुदो उत्पादन गर्न नौ पाथी रस आवश्यक पर्छ । बजारको कुनै समस्या छैन । रु दुई सयमा एक माना घरबाटै बिक्री हुन्छ ।’ न्यौपानेले दुई रोपनी जमिनमा उखु लगाएका छन् । उनले सिजनअनुसार धान मकै कोदो उत्पादन तथा बाख्रा पालेका छन् ।

यहाँका किसानले खुदो बिक्रीबाट वार्षिक एकदेखि पाँच लाखसम्म कमाइगर्दै आएका छन् । भुवानन्दले पनि यस वर्ष पाँच सय माना खुदो उत्पादन गरेको सुनाए । खेती गर्ने आधुनिक प्रविधि, खुदो पकाउने बिजुली मेसिन सरकारबाट पाए आफूहरूले सही सदुपयोग गर्ने उनको भनाइ छ ।

किसान रुकमागत न्यौपानेले पनि चार रोपनी जमिनमा उखु खेती गर्दै आएका छन् । उनले खुदो बिक्रीबाट वार्षिक दुई लाख ५० हजारसम्म आम्दानी गर्ने गरेको सुनाए । रुकमागतले उखु खेतीलाई कहिले काहीँ कीराले सताउने गरेको गुनासो गरे। उहाँले पनि धान, गहुँ मकै खेतीसँगै बाख्रा पालन गरेका छन् ।

किसान नन्दलाल न्यौपानेले उखु खेतीबाट राम्रो आम्दानी हुने बताए । ‘म जान्ने हुँदादेखि हाम्रोमा उखु खेती थियो । यसैबाट घर खर्च चलेको थियो’, उनले भने, ‘उखुबाट किसानलाई राम्रो फाइदा हुन्छ ।’ उनी बाँझो जग्गामा उखु लगाउन सबैलाई सुझाव पनि दिन्छन् । यस वर्ष करिब १५ हजार लिटर खुदो उत्पादन गर्ने लुङ्सिङवासीको लक्ष्य छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  २ : ४३ बजे

‘सुकुम्वासीको मृत्यु संस्थागत हत्या जस्तै, सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा चलाऔँ’

काठमाडौं- नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रधानमन्त्री वालेन्द्र शाह संसद्प्रति

एक खर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक खर्ब बराबरको निक्षेप संकलनका लागि बोलकबोल

दशरथ रंगशालाको मैदानमा घाँस काट्न सुरु

काठमाडौं– लामो समयदेखि खेल गतिविधिविहीन रहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको

इरानमाथि अमेरिकी आक्रमण तीव्र, नौसैनिक नाकाबन्दी पुनः लागू

तेहरान- अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन

उचित मूल्य नपाएको भन्दै गोलभेँडा सडकमा फालेर माइतीघरमा किसानको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर