कालिका मन्दिरमा फागुनमा ३५ लाख भेटी संकलन « Khabarhub

कालिका मन्दिरमा फागुनमा ३५ लाख भेटी संकलन


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

गलकोट– नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा गत फागुनमा ३५ लाख रुपैयाँ भेटी संकलन भएको छ । मन्दिर व्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गर्दै आएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले फागुनमा ३५ लाख ११ हजार पाँच सय ३५ रुपैयाँ भेटी संकलन भएको बताए। जसमध्ये नगद, सहयोग रसिद र बिक्री गर्न मिल्ने जिन्सी सामान र वस्तुबापत उक्त रकम संकलन भएको हो ।

फागुनमा कालिका मन्दिरबाट भेटीबापत नगद १९ लाख ८१ हजार एक सय रुपैयाँ, चामल बिक्रीबाट ५४ हजार नौ सय रुपैयाँ, बोकाबाट एक लाख ३० हजार छ सय रुपैयाँ, कुखुराबाट सात हजार दुई सय रुपैयाँ प्राप्त भएको छ ।

साथै राँगाबाट दुई हजार रुपैयाँ, भाडा तीन लाख १४ हजार चार सय रुपैयाँ, विवाहबाट १० हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग तीन लाख ४२ हजार चार सय ८५ रुपैयाँ, परेवा बिक्रीबाट छ लाख ५५ हजार दुई सय ५० रुपैयाँ, व्रतबन्ध नौ सय रुपैयाँ, पण्डितबाट १२ हजार दुई सय रुपैयाँ संकलन भएको कोषाध्यक्ष रामबहादुर खड्काले बताए ।

यस्तै फागुनमा २७ लाख ३६ हजार आठ सय ९० रुपैयाँ खर्च भएको छ । फागुनमा सात लाख ७४ हजार छ सय ४५ रुपैयाँ बचत भएको समितिले जनाएको छ ।

यस्तै तलब तीन लाख ९७ हजार आठ सय रुपैयाँ, विद्युत् महसुल ५२ हजार आठ सय रुपैयाँ, अतिथि सत्कारमा  ६७ हजार रुपैयाँ खर्च भएको छ ।

साथै आर्थिक सहयोग १५ हजार रुपैयाँ, पूर्वाधार विकास तथा निर्माणमा २१ लाख छ हजार रुपैयाँ, पोसाक तथा छपाइमा २१ हजार रुपैयाँ, खाद्यान्न तथा आवासमा ५४ हजार रुपैयाँ, विज्ञापनमा तीन हजार रुपैयाँ र सांस्कृतिक कार्यक्रम तथा भजनमा १६ हजार नौ सय रुपैयाँ खर्च भएको समितिको भनाइ छ । सङ्कलन भएको भेटी मन्दिर परिसरमा पूर्वाधार निर्माणमा खर्च हुने गरेको छ ।

समितिले हरेक वर्ष चैत्राष्टमी पर्वको अवसरमा ऐतिहासिक चैते दसैँ मेला आयोजना गर्दै आएको छ । यस पटक यहीँ चैत ३० गतेदेखि वैशाख ६ गतेसम्म मेला सञ्चालन हुन लागेको समितिका अध्यक्ष कुमार खड्काले बताए।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ३ : २० बजे

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ

सिभिल इन्जिनियर लोहनी व्यावसायिक कागतीखेतीमा व्यस्त

दाङ– घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर

इलेक्ट्रोनिक सिस्टमले प्रतिनिधिलाई मतदान गर्न समस्या : ओलीलाई ५५ मिनेट लाग्यो

काठमाडौं – एमालेको ११ औँ महाधिवेशनमा पाका नेतालाई मतदानमा समस्या

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा