नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट « Khabarhub

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलाे काराेबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ६२ अंकले घटेर दुई हजार ७० दशमलव २५ को बिन्दुमा कायम भएको छ ।

आज तीन सय चार कम्पनीको ८४ लाख छ हजार ७६ कित्ता शेयर ६३ हजार नौ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ३८ करोड ७९ लाख ८० हजार तीन सय ८४ बराबरको कारोबार भएको छ ।

आज विकास बैंक समूह शून्य दशमलव ८२, वित्त समूह शून्य दशमलव ६२ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव २९ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ६२, होटल तथा पर्यटन एक दशमलव ५६, जलविद्युत् एक दशमलव १६, लगानी शून्य दशमलव ५९ र जीवन बीमा शून्य दशमलव १९ प्रतिशतले घटेको छ । त्यसैगरी, लघुवित्त समूह शून्य दशमलव ०३, म्युचुअल फन्ड शून्य दशमलव ४०, निर्जीवन बीमा शून्य दशमलव २२, व्यापार शून्य दशमलव ४३ र अन्य समूह एक दशमलव ०६ प्रतिशतले घटेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ५६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ८३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु ४१ करोड ६४ लाख १७ हजार छ सय ८० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सात लाख ४७ हजार आठ सय ७७ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ३ : ४० बजे

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत– बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र

नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा

काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने

काठमाडौं– डब्लुबीसी मोइ थाई नेपालको आयोजनामा काठमाडौंमा इएफएस फाइट नाइट सेभेन

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका