दीपेश पुनलाई ८ दिन थुनामा राख्न अनुमति | Khabarhub Khabarhub

दीपेश पुनलाई ८ दिन थुनामा राख्न अनुमति


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुन प्रकरण तथा सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई जिल्ला अदालत रुपेन्देहीले ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।

जिल्ला अदालत रुपेन्देहीका सुचना अधिकारी अनन्तराज मरासिनीका अनुसार प्रहरीले आइतबार संगठित अपराधसम्बन्धी कसुरमा पुनलाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति पाएको हो ।

मरासिनीले भने, ‘पुन शुक्रबार पक्राउ पर्नुभएको छ । अनुसन्धान गर्न प्रहरीले आजबाट ६ दिनको म्याद पाएको हो ।’

पुनमाथि रुपन्देहीस्थित सुप्रिम सहकारी तथा बचत ऋण सहकारी संस्थाको ७८ करोडभन्दा बढी रकम ठगी गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहर भट्टकाअनुसार यस प्रकरणमा सहकारीका अध्यक्ष ओमप्रकाश भट्ट र कर्मचारी दुर्गा चापागाईं पक्राउ परेका छन् ।

पुनलाई शुक्रबार प्रहरीले काठमाडौंबाट पक्राउ गरी रुपन्देही लगेको थियो ।

याे पनि…

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ८ : ०५ बजे

नवगठित नेकपाले पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने

काठमाडौं– विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली

बीमा बोर्डद्वारा अस्पताललाई बक्यौता रकम भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार गरेबापत बक्यौता रकम अस्पताललाई

नेपालले हार्‍यो लगातार चार खेल, यूएईसँग फेरि पराजित

काठमाडौं- आईसीसी लिग डिभिजन- २ को बुधबार भएको खेलमा नेपालले

नेपाल एयरलाइन्सको अध्यक्षमा राई र प्रवक्तामा घिमिरे नियुक्त

काठमाडौं– नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष