सत्ता गठबन्धनले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै | Khabarhub Khabarhub

सत्ता गठबन्धनले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धनले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । गठबन्धनका ५ दल सम्मिलित १० सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज सार्वजनिक गर्न लागिएको हो ।

कार्यदलले गत शनिबार उक्त मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहालसहित गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरूलाई बुझाएको थियो ।

उक्त मस्यौदामाथि शीर्ष तहमा छलफल गरेर आज सार्वजनिक गर्न लागिएको हो ।

न्यूनतम साझा कार्यक्रममा संविधानको कार्यान्वयन र रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधान, आम जनतामा आशा र विश्वास जगाउने, सार्वभौमसत्ता र स्वाधीनताको रक्षा गर्ने तथा समग्रमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने विषय राखिएको कार्यदल संयोजक एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

न्यूनतम साझा कार्यक्रम बनाउन एमालेबाट उपाध्यक्ष पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल, एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जसपाबाट राजेन्द्र श्रेष्ठ र मनिष सुमन रहेको १० सदस्यीय कार्यदल बनाइएको थियो ।

 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ६ : ५७ बजे

कोप–२९ : जलवायुजन्य सङ्कट सामना गर्न ‘अपिल’

अजरबैजान – अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि

वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै रु १२

प्राधिकरण-उद्योगी महसुल विवादमा यस्तो छ लाल आयोगको मुख्य सुझाव

काठमाडौं– लामो समयदेखि विवादित रहँदै आएको नेपाल विद्युत प्राधिकरण र

देउवा डडेल्धुरामा, अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता

डडेल्धुरा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज डडेल्धुरा आइपुगेका

रविलाई मंगलबार रुपन्देही लगिने, रास्वपाले लुम्बिनी गेटमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई