दलित तथा सीमान्तकृत महिलालाई बिउपुँजी प्रदान | Khabarhub Khabarhub

दलित तथा सीमान्तकृत महिलालाई बिउपुँजी प्रदान


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीका दुई स्थानीय तहका दलित तथा सीमान्तकृत महिलालाई बिउपुँजी प्रदान गरिएको छ । धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकाका दलित तथा सीमान्तकृत महिलालाई उद्यमी बनाउने उद्देश्यले बिउपुँजी प्रदान गरिएको हो । 

दुईवटै स्थानीय तहका विभिन्न वडामा गठन गरिएका महिला समूहका सदस्यमध्ये १०-१० जनालाई छनोट गरी जनही रु २१ हजारका दरले बीउपुँजी प्रदान गरेको दलित महिला सङ्घ(फेडो)ले जनाएको छ । सो पुँजी दलित तथा सीमान्तकृत समुदायका महिलाले उद्यमशील क्षेत्रमा खर्च गर्नुपर्ने दलित महिला सङ्घ(फेडो) कैलालीका कार्यक्रम संयोजक विनोद घिमिरेले बताए ।

आर्थिक अवस्था कमजोर भएका दलित तथा सीमान्तकृत समुदायका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले बिउपुँजी वितरण गरिएको उनले बताए। दुईवटै पालिकाबाट छनोट भएका समूहका महिलालाई उद्यमी बनाउन तालिम दिएर बिउपुँजी प्रदान गरिएको जनाइएको छ । 

बिउपुँजी पाएका महिलाले सो पुँजी लगानी गरी एक वर्षभित्र उक्त रकम आआफ्नो समूहमा फिर्ता गरेर अरु उद्यमी महिलामा लगानी गर्नुपर्ने घिमिरेले बताए। उपमहानगरपालिकाका विभिन्न वडामा गठन गरिएका पाँच समूहमध्ये एक समूहबाट दुई जनाका दरले १० महिलालाई छनोट गरी रकम हस्तान्तरण गरिएको फेडो कैलालीका अध्यक्ष सविना सुनारले बताए।

उपमहानगरपालिकाको संयोजनमा वडा नं १, ३, ५, १२ र १८ का महिलालाई बिउपुँजीबापत रकम प्रदान गरिएको हो । यसैगरी गौरीगङ्गाका वडा नं ३, ६, ७, ८ र ९ बाट दुई-दुई महिला छनोट गरी बिउपुँजी हस्तान्तरण गरिएको जनाइएको छ । 

दलित तथा सीमान्तकृत महिलालाई अधिकार मात्र नभएर आत्मनिर्भर हुन आवश्यक रहेकाले अधिकारसँगै क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको अध्यक्ष सुनारको भनाइ छ । प्रदान गरिएको रकम उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने जनाइएको छ ।

 न्यून आय भएका दलित तथा सीमान्तकृत महिलालाई वितरण गरिएको सानो पुँजीले उद्यमशील बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १२ : ५४ बजे

म्याग्दी कारागारबाट भागेका ६२ जना कैदीबन्दी फर्किए

म्याग्दी– म्याग्दी कारागारबाट एक हप्ताअघि भागेका ६२ जना कैदीबन्दीलाई प्रहरीले

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं– बागलुङको ताराखोला गाउँपालिका-१ स्थित गोठभित्र सोही गाउँपालिका-५ सानो औलादी बस्ने ४०

जनमत वरिष्ठ उपाध्यक्षसहितका नेताले मागे सीके राउतको राजीनामा

काठमाडौं– जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहित केही नेताहरूले अध्यक्ष डा. सीके

मन्त्रीहरूले गरे आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण

काठमाडौं– सरकारका मन्त्रीहरूले जेन-जी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको

आधा झुकाउने दिन सिन्धुलीका सीडीओले नै फहराएनन् झण्डा

सिन्धुली- जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा सरकारले बुधबार