राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित « Khabarhub

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अन्सारीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रस्ताव प्रस्तुत गरे। 

उक्त प्रस्ताव बैठकले सर्वसम्मतरुपमा पारित गरेको थियो । बैठकमा दिवङ्गत सांसद अन्सारीप्रति एक मिनेट मौनधारण गरिएको थियो । अन्सारी जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विसं २०७९ को प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित भएका थिए। उनको उपचारका क्रममा आइतबार निधन भएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही चैत ७ गते बुधबार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १ : ३८ बजे

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि