सुन तस्करी प्रकरणमा दोषी देखिने जोसुकैलाई कारवाही हुनुपर्छ : प्रकाशशरण महत  « Khabarhub

सुन तस्करी प्रकरणमा दोषी देखिने जोसुकैलाई कारवाही हुनुपर्छ : प्रकाशशरण महत 


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सुन तस्करी प्रकरणमा दोषी देखिए जस्तोसुकै पदमा पुगेका व्यक्तिलाई पनि कारवाही गर्नुपर्ने बताएका छन् ।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूमाथि अनुसन्धान गर्दा दोषी देखिए कारवाही गर्नुपर्ने बताएका हुन् । 

सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको अवस्थामा अहिले नै अनुसन्धान गर्ने निकायलाई अविश्वास गर्न नमिल्ने उनको भनाइ छ । सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा आफुहरु रहेको भन्दै उच्च मर्यादामा पुगेका व्यक्तिहरूले त्यसलाई पालना गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै महतले कांग्रेसले कसैलाई प्रधानमन्त्रीको अफर नगरेको र अफर गरेको भन्नेलाई प्रमाण देखाउन चुनौति दिए ।

उनले सरकारका मन्त्रीका रुपमा रहेका व्यक्तिहरू उपर लागेका आरोपहरूको अनुसन्धान गर्दा प्रभावित हुने विषयलाई कांग्रेसले संसद्‌मा उठाएको भन्दै यसलाई स्वभाविक रुपमा लिनुपर्ने धारणा राखे । 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ४ : १९ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था