इजरायलद्वारा गाजाको अल-शिफा अस्पतालमा सैन्य अभियान  « Khabarhub

इजरायलद्वारा गाजाको अल-शिफा अस्पतालमा सैन्य अभियान 


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

गाजा– इजरायली सेनाले गाजाको अल-शिफा अस्पतालको सीमित क्षेत्रभित्र लक्षित अभियान सुरु गरेको छ । गुप्तचर जानकारीलाई उद्धृत गर्दै सेनाले इजराइलविरुद्धको हमलाको समन्वयका लागि सुविधा उपयोग गर्ने वरिष्ठ हमास कार्यकर्ताहरू उक्त अस्पतालमा रहेको संकेत दिएको छ । 

इजराइल रक्षा बल (आइडिएफ) का प्रवक्ता आरएडिएम हगारीले अभियान ठोस गुप्तचरको जानकारीको प्रतिक्रिया भएको सोमबार बिहान बताए। उनले अभियानको उद्देश्य सर्वसाधारणलाई नोक्सान पुर्याउनुको सट्टा हमास लडाकूहरूसँग लड्नु रहेकामा जोड दिए। 

‘हमासका वरिष्ठ लडाकूहरू अल–शिफा अस्पतालभित्र पुनः भेला भएका छन् र अस्पतालको प्रयोग इजराइलविरुद्ध हमला गर्नका लागि भइरहेको छ भन्ने हामीलाई थाहा छ’, उनले भने।

उनले नागरिकको हताहती कम गर्नका लागि सटीकता र सावधानीका साथ कारवाही गरिने बताए । आइडिएफले अस्पताल परिसरमा बिरामीको सहायताका लागि अरबी भाषा बोल्नेहरू र चिकित्साकर्मीहरू परिचालन गरेको छ र नागरिकहरूलाई मानवीय सहायता प्रदान गरिरहेको छ । 

‘बिरामी र चिकित्साकर्मीहरूका लागि अस्पताल खाली गर्नुपर्ने कुनै बाध्यता नभए पनि त्यहाँबाट निस्कन इच्छुक नागरिकहरूका लागि एउटा मार्ग उपलब्ध छ’, उनले भने। 

हगारीले हमासका लडाकूहरूलाई आत्मसमर्पण गर्न आग्रह गरेर आतंकवादी गतिविधिका लागि चिकित्सा सुविधालाई कहिले पनि प्रयोग गर्न नहुने बताए । 

यसैबीच अल जजिराका अनुसार गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जारी इजराइली कारवाही सम्बन्धमा विज्ञप्तिमा भनेको छ, ‘हामी अल–शिफा मेडिकल कम्प्लेक्सभित्र मेडिकल स्टाफ, बिरामी र विस्थापित मानिसको जीवनका लागि इजरायली कब्जालाई जिम्मेबार मान्छौँ ।’

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ५ : १४ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल