इजराइली प्रधानमन्त्री नेतान्याहु र जर्मनीका चान्सलरबीच भेट « Khabarhub

इजराइली प्रधानमन्त्री नेतान्याहु र जर्मनीका चान्सलरबीच भेट


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

तेलअभिव इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार प्रधानमन्त्री कार्यालय जेरुसेलममा जर्मनीका चान्सलर ओलाफ सोल्जसँग भेट गरेका छन् । चान्सलरको यो तेस्रो इजरायल भ्रमण हो भने गाजामा हमासले युद्ध सुरु गरेपछिको दोस्रो भ्रमण हो । 

‘इजराइली सैनिकहरूले आधुनिक समयका कुनै पनि अन्य सैनिकको तुलनामा नागरिक हताहत न्यूनीकरण गर्न धेरै काम गरेको छ र अन्य सैनिकको तुलनामा घना सहरी युद्ध र नागरिकलाई मानव ढालका रूपमा प्रयोग गर्ने हमासजस्ता लडाकूहरूको सामना गरेका छन्’, चान्सलरसँगको भेटपछि प्रधानमन्त्री नेतान्याहूले भने।

इजराइलले मानवीय सहायता वृद्धिका लागि गरेका असामान्य प्रयास गरिरहेको उनले बताए । यद्यपि हमासको लुटपाटले गाजामा यस्ता साहयता वितरणका लागि मुख्य अवरोध सृजना गरेको कुरा बताए । 

“हाम्रो नरसंहारका लागि प्रतिबद्ध हमास लडाकू समूहको अन्त्य गर्न सकिएन भने गाजाका लागि शान्तिको भविष्य छैन, इजराइलको भविष्य छैन । यसको अन्त्य गरिएन भने यो पुनःसङ्गठित हुनेछ र पुनःकब्जा गर्नेछ र नरसंहार बारम्बार दोहोरिनेछ”, प्रधानमन्त्री नेतान्याहूले भने ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ५ : ५६ बजे

भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १८८ जनाको मृत्यु, उद्धार कार्य तीव्र

काठमाडौँ – उत्तरी भेनेजुएलामा गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

सुदूरपश्चिम– माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको

मनसुन प्रभाव, तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौं– हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी