नाइजेरियामा दुई दिनमा १०० भन्दा बढी व्यक्ति अपहरित | Khabarhub Khabarhub

नाइजेरियामा दुई दिनमा १०० भन्दा बढी व्यक्ति अपहरित


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

अबुजा – नाइजेरियामा अपहरणकारी समूहहरूले पछिल्ला दुई दिनमा १०० भन्दा बढी व्यक्तिको अपहरण गरेका छन् ।

नाइजेरियाको उत्तरपश्चिमी राज्यमा विद्यालयबाट करिब २५० भन्दा बढी विद्यार्थीलाई अपहरण गरेको एक हप्तापछि अपहरणकारीले पछिल्ला दुई दिनमा १०० भन्दा बढी व्यक्तिको अपहरण गरेको स्थानीय बासिन्दा र अधिकारीहरूले सोमबार एएफपीसँग बताएका छन् ।

काडुना राज्यको काजुरु इलाकामा गत सप्ताहन्तमा छुट्टाछुट्टै अपहरणका घटना भएका थिए । स्थानीय सरकारका अध्यक्ष इब्राहिम गजेरेका अनुसार आइतबार राति काजुरु स्टेसनमा बन्दुकधारीले ८७ जनालाई अपहरण गरेका छन् ।

उनले भने, “उनीहरूले बन्दुक देखाएर स्थानीयलाई घरबाट निकालेका थिए ।” स्थानीय हरिसु दारीका अनुसार राति १० बजेतिर आक्रमणकारीको समूहले गाउँमा पसेर घर–घरमा गएर स्थानीयवासीको अपहरण गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घको एक स्रोत र एक पूर्व स्थानीय अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै अपहरित उक्त सङ्ख्याको पुष्टि गरेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार काजुरुबाट १० किलोमिटर टाढा डोगोन नोमाबाट शनिबार १६ जनालाई अपहरण गरिएको थियो ।

कडुना प्रहरी र राज्यका सुरक्षा आयुक्तले पुष्टिका लागि पटक–पटक अनुरोध गरिए पनि कुनै प्रतिक्रिया दिएनन् । नाइजेरियामा नागरिकको सुरक्षाको प्रत्याभूत गर्ने प्रतिवद्धता गरेका राष्ट्रपति बोला अहमद टिनुबुको सरकारलाई ठूलो मात्रामा अपहरणको घटनाले चुनौती दिइरहेको छ ।

नाइजेरियाली जोखिम परामर्शका लागि स्थापना भएको गैर–सरकारी संस्था ‘रिस्क कन्सल्टेन्सी एसबीएम इन्टेलिजेन्स’ले गत वर्षको मे महिनामा तिनुबुले सत्ता सम्हालेयता चार हजार सात जना अपहरणमा परेको जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १० : १० बजे

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’

रास्वपाद्वारा ‘सद्भाव तथा सहकार्य अभियान’ घोषणा, प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न पहल गर्ने

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले हालको

रुसद्वारा एक हजार युक्रेनी मृतक फिर्ता

किएभ – रूस–युक्रेन युद्धमा मारिएका करिब एक हजार युक्रेनीको मृत