माओवादी पदाधिकारी बैठक बस्दै « Khabarhub

माओवादी पदाधिकारी बैठक बस्दै


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ ।

पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि भिन्न परिस्थितिमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीतिक तथा पार्टीको पदाधिकारीदेखि केन्द्रीय नेताहरूको कार्यविभाजनको बारेमा पनि छलफल हुने जनाइएको छ ।

महरामाथि विद्युतीय चुरोट (भेप) मा सुन तस्करी गरेको आरोप छ । महराका छोरा राहुलविरुद्ध पनि मुद्दा चलिरहेको छ ।

राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको आरोप छ । महरालाई अनुसन्धानका लागि ४ दिन पुर्पक्षका लागि हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ६ : ३० बजे

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब

प्रतिनिधिसभा निर्वान : देशभर १० हजार ९६७ मतदान स्थल कायम

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य