सुन प्रकरणमा समातिएका उपाध्यक्ष महरालाई के गर्ने भन्नेमा माओवादी अनिर्णीत « Khabarhub

सुन प्रकरणमा समातिएका उपाध्यक्ष महरालाई के गर्ने भन्नेमा माओवादी अनिर्णीत


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सुन प्रकरणमा पक्राउ परेका पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा छलफल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष महराको विषयमा छलफल भएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा बैठक निष्कर्षमा पुग्न नसकेको बताइएको छ । प्रवक्ता सापकोटाले नियमित बैठक बसेर एउटा धारणा सार्वजनिक गरिने बताए ।

स्रोतका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक चलिरहँदा महरालाई फोन गरेर राजीनामा दिन सुझाव दिएका थिए । उनले महरालाई आफैँ राजीनामा दिने कि निलम्बन गरौँ भनेर सोधेको बताइएको छ ।

बैठकमा अध्यक्ष दाहालले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० को प्रतिवेदनबारे जानकारी गराएका थिए ।

 

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ११ : २६ बजे

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल उद्योग वाणिज्य संघका

इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकामाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति

रूसमा युक्रेनी आक्रमण : १३ जनाको मृत्यु, ७५ घाइते

एजेन्सी– रूसको तातारस्तान क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक बालकसहित

अस्ट्रेलिया र भियतनामबीच व्यापारिक सम्झौता

एजेन्सी– क्यानबेरामा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिज र भियतनामका राष्ट्रपति टो