स्क्रिप्ट माग्दा दीपकलाई जब हिन्दी फिल्म ‘अनाडी’ हेर्नू भनियो… « Khabarhub

स्क्रिप्ट माग्दा दीपकलाई जब हिन्दी फिल्म ‘अनाडी’ हेर्नू भनियो…


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माता तथा अभिनेता दीपकराज गिरीले आफू भारतीय फिल्मको हुबहु नक्कल गरेको फिल्ममा काम गरेको खुलाएका छन् । आफ्नो पहिलो फिल्म ‘चोर’ भारतीय फिल्म ‘अनाडी’को नक्कल भएको उनको भनाइ छ ।

‘चोर’ फिल्मका निर्माता चिरञ्जीवी बस्नेतले भारतीय निर्देशक राजकुमार शर्मालाई भेटेकाले सो फिल्ममा अनुबन्ध भएको दीपक स्मरण गर्छन् ।

दीपकराज भन्छन्, ‘गीतदेखि सबै त्यही फिल्मको हुबहु नक्कल थियो । डाइलग नै त्यही थियो । स्क्रिप्ट माग्दा निर्देशक राजकुमार शर्माले अनाडी हेर्नू भनेर घर पठाए ।’

दीपक फिल्ममा काम गर्ने तय भएपछि निर्देशकसँगको संवाद सुनाउँछन् :
राजुकमार : के हो तिम्रो नाम ?
म : हजुर, दीपक हो ।
राजकुमार : ल सँगै काम गर्नुपर्छ जा ।
म : होइन सर, मेरो पात्र चाहिँ के हो ?
राजकुमार : अहो, यो त पात्र के हो पनि भनेर सोध्छ त ?
म : हजुर ।
राजकुमार : सुन्,  घर जा, ‘अनाडी’ फिल्म छ त्यो हेर् । त्यसमा लक्ष्मीकान्त बडें जे गर्छ त्यही हो तेरो भूमिका ।

घर फर्केर फिल्म नहेरे पनि आफूले सो फिल्ममा काम गरेको दीपक बताउँछन् । उनी सो फिल्ममा रघुको भूमिकामा देखिएका थिए ।
(निफको ‘निर्देशक हराएको सूचना’ अन्तरक्रियामा दीपकले सुनाएको अनुभवमा आधारित)

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  १२ : ३५ बजे

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने

विराट कोहलीले बनाए ऐतिहासिक कीर्तिमान: एकदिवसीयमा छिटो १५ हजार रन पुरा

काठमाडौँ – भारतीय ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा