स्क्रिप्ट माग्दा दीपकलाई जब हिन्दी फिल्म ‘अनाडी’ हेर्नू भनियो... | Khabarhub Khabarhub

स्क्रिप्ट माग्दा दीपकलाई जब हिन्दी फिल्म ‘अनाडी’ हेर्नू भनियो…


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माता तथा अभिनेता दीपकराज गिरीले आफू भारतीय फिल्मको हुबहु नक्कल गरेको फिल्ममा काम गरेको खुलाएका छन् । आफ्नो पहिलो फिल्म ‘चोर’ भारतीय फिल्म ‘अनाडी’को नक्कल भएको उनको भनाइ छ ।

‘चोर’ फिल्मका निर्माता चिरञ्जीवी बस्नेतले भारतीय निर्देशक राजकुमार शर्मालाई भेटेकाले सो फिल्ममा अनुबन्ध भएको दीपक स्मरण गर्छन् ।

दीपकराज भन्छन्, ‘गीतदेखि सबै त्यही फिल्मको हुबहु नक्कल थियो । डाइलग नै त्यही थियो । स्क्रिप्ट माग्दा निर्देशक राजकुमार शर्माले अनाडी हेर्नू भनेर घर पठाए ।’

दीपक फिल्ममा काम गर्ने तय भएपछि निर्देशकसँगको संवाद सुनाउँछन् :
राजुकमार : के हो तिम्रो नाम ?
: हजुर, दीपक हो ।
राजकुमार : ल सँगै काम गर्नुपर्छ जा ।
: होइन सर, मेरो पात्र चाहिँ के हो ?
राजकुमार : अहो, यो त पात्र के हो पनि भनेर सोध्छ त ?
: हजुर ।
राजकुमार : सुन्,  घर जा, ‘अनाडी’ फिल्म छ त्यो हेर् । त्यसमा लक्ष्मीकान्त बडें जे गर्छ त्यही हो तेरो भूमिका ।

घर फर्केर फिल्म नहेरे पनि आफूले सो फिल्ममा काम गरेको दीपक बताउँछन् । उनी सो फिल्ममा रघुको भूमिकामा देखिएका थिए ।
(निफको ‘निर्देशक हराएको सूचना’ अन्तरक्रियामा दीपकले सुनाएको अनुभवमा आधारित)

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  १२ : ३५ बजे

दिल्लीमा शक्तिशाली विष्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीको लालकिल्ला मेट्रो स्टेसननजिक भएको कार

निकोलसलाई हाजिरी जमानीमा राखी अनुसन्धान गर्न परमादेश

काठमाडौं – सर्वोच्च अदालतले निकोलस भनेर चिनिने कमल भुसालको बन्दीप्रत्यक्षीकरणको

कुलमानसँग छुट्टिएका सुमना, बालेन र सुदन नयाँ दल दर्ता गर्दै

काठमाडौं– ऊर्जा मन्त्री कुलमान घिसिङसँग राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्व सांसद

मह आयात रोक्न माग गर्दै कृषि मन्त्रीसमक्ष ज्ञापनपत्र

काठमाडौं – नेपाली मह उत्पादनको मौसममा बहुराष्ट्रिय कम्पनीलाई मह आयात

हिक्मत महरा सुदूरपश्चिम रोयल्सका आइकोनिक खेलाडी

सुदूरपश्चिम – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताका लागि हिक्मत