एमएडब्लु वृद्धिले सोकोन इलेक्ट्रिक भ्यान नेपालमा ल्याउने « Khabarhub

एमएडब्लु वृद्धिले सोकोन इलेक्ट्रिक भ्यान नेपालमा ल्याउने


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमएडब्लु वृद्धिले सेरेस ग्रुपको सोकोन ईसी ३६, ११ सिटर इलेक्ट्रिक भ्यान चाँडै नेपालमा सार्वजनिक गराउने भएको छ । अप्रिल महिनादेखि बिक्री वितरण सुरु गर्ने योजना रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सेरेस ग्रूपलाई विश्वव्यापी रूपमा चोङकिङ सोकोन इन्डष्ट्रियल ग्रूपको रूपमा चिनिन्छ । जुन डोङफेङ र सेरेस ग्रूपको सहकार्यमा सन् १९८६ मा स्थापना भएको हो । यो समूहको गाडीले युरोपेली संघको प्रमाणीकरण प्राप्त गर्ने पहिलो चिनियाँ अटोमोटिभ ब्रान्डहरू एकको रूपमा पहिचान पनि पाएको छ ।

यस समूहले स्मार्ट इलेक्ट्रिक गाडीहरू, सुपर अर्बन एसयूभीएस, कम्प्याक्ट एमपीभीएस, इलेक्ट्रिक लाइट कमर्सियल गाडीहरू उत्पादन गर्दै आइरहेकाे छ । साथै यी उत्पादन ७० भन्दा बढी देशहरूमा बिक्री वितरण हुँदै आएका कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ३ : २४ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको