एमएडब्लु वृद्धिले सोकोन इलेक्ट्रिक भ्यान नेपालमा ल्याउने « Khabarhub

एमएडब्लु वृद्धिले सोकोन इलेक्ट्रिक भ्यान नेपालमा ल्याउने


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमएडब्लु वृद्धिले सेरेस ग्रुपको सोकोन ईसी ३६, ११ सिटर इलेक्ट्रिक भ्यान चाँडै नेपालमा सार्वजनिक गराउने भएको छ । अप्रिल महिनादेखि बिक्री वितरण सुरु गर्ने योजना रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सेरेस ग्रूपलाई विश्वव्यापी रूपमा चोङकिङ सोकोन इन्डष्ट्रियल ग्रूपको रूपमा चिनिन्छ । जुन डोङफेङ र सेरेस ग्रूपको सहकार्यमा सन् १९८६ मा स्थापना भएको हो । यो समूहको गाडीले युरोपेली संघको प्रमाणीकरण प्राप्त गर्ने पहिलो चिनियाँ अटोमोटिभ ब्रान्डहरू एकको रूपमा पहिचान पनि पाएको छ ।

यस समूहले स्मार्ट इलेक्ट्रिक गाडीहरू, सुपर अर्बन एसयूभीएस, कम्प्याक्ट एमपीभीएस, इलेक्ट्रिक लाइट कमर्सियल गाडीहरू उत्पादन गर्दै आइरहेकाे छ । साथै यी उत्पादन ७० भन्दा बढी देशहरूमा बिक्री वितरण हुँदै आएका कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ३ : २४ बजे

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत

बयान दिन रमेश लेखकलाई कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको