भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस « Khabarhub

भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेस गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री पुनले उक्त प्रस्ताव पेस गरेका हुन् । आजको बैठकमा विधेयकमाथि छलफल भएको छ ।

भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी तथा उत्तरदायी बनाइ अन्तर्राष्ट्रिय व्यापारलाई सहज र सुरक्षित बनाउन भन्दै सरकारले यो विधेयक संसद्मा दर्ता गराएको थियो ।

 भन्सार महसुल संकलनमा दक्षता र प्रभावकारिता अभिवृद्धि गरी देशको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले यो विधेयक संसद्मा दर्ता भएको हो । त्यसैगरी भन्सारको प्रक्रियाको सरलीकरण एवं सामञ्जस्यीकरणसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि (रिभाइज्ड क्योटो कन्भेन्सन) बमोजिमका प्रावधानलाई कानुनमा व्यवस्था गर्नका लागि पनि यो विधेयक ल्याइएको जनाइएको छ ।

नेपाल संशोधित क्योटो महासन्धि सम्झौता र विश्व व्यापार संगठनको व्यापार सहजीकरण सम्झौताको पक्ष राष्ट्र हो । क्योटो महासन्धिमा भएको व्यवस्थाअनुसार सदस्य राष्ट्रहरूले सदस्य भएको तीन वर्ष सामान्य प्रावधान र पाँच वर्षभित्र सङ्क्रमणकालीन मापदण्ड कार्यान्वयनमा ल्याइसक्नुपर्ने हुन्छ । महासन्धिको उक्त व्यवस्था कार्यान्वयनका लागि पनि यो कानुनको मस्यौदा तयार पारेर संसद्मा दर्ता भएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ३ : ५८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्