सडक दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३७ घाइते « Khabarhub

सडक दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३७ घाइते


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– उत्तरी चीनमा द्रुतसेवाको सुरुङमार्गभित्र बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बुधबार जनाएका छन् । 

मङ्गलबार दिउँसो २ः३० पछि दुर्घटना भएको सरकार नियन्त्रित प्रसारक सिसिटिभीले साङ्क्सी प्रान्तका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ । अधिकारीका अनुसार ५१ जना यात्रु बोकेको बस सुरुङको भित्री पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो । 

चिनियाँ समाचार संस्था सिन्ह्वाले जीवित व्यक्तिहरूको अवस्थाको गम्भीरताको बारेमा विवरण प्रदान नगरी छुट्टै रिपोर्टमा मारिएका र घाइतेहरूको सङ्ख्या पुष्टि गरेको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

गत वर्षको फेब्रुअरीमा मध्य हुनान प्रान्तमा कुहिरो लागेको रातिमा एक सवारी साधन दुर्घटना भएपछि पछिबाट आएका दर्जनौँ गाडी उक्त गाडीसँग ठोक्किएर दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।

 त्यसको एक महिना अघि पूर्वी जियाङ्सी प्रान्तमा भएको सडक दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो भने  २० जना घाइते भएका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  २ : ५१ बजे

‘पेन्सन पट्टा’को पोस्टरमा दयाहाङ र गौमाया

काठमाडौं – नायक दयाहाङ राई र नायिका गौमाया गुरुङलाई केन्द्र

असार १५ : भक्तपुरमा जुजु धौको माग उच्च

भक्तपुर– आज असार १५ । नेपाली संस्कृति र परम्पराअनुसार आजको

खुमलटारमा ड्रोनबाट मल छर्दै मेसिनबाट रोपाइँ (तस्बिरहरू)

काठमाडौं–  २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ को

बाजुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा

बाजुरा– बाजुरा जिल्लालाई आइतबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकको  शून्य समयमा सांसदहरुले ‘होल्डिङ सेन्टर’मा राखिएका