एकीकृत समाजवादीले मनाङेलाई स्पष्टीकरण सोध्ने « Khabarhub

एकीकृत समाजवादीले मनाङेलाई स्पष्टीकरण सोध्ने


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले पार्टी गण्डकीका स्वतन्त्र सांसद तथा हाल कांग्रेस नेतृत्वको सरकारमा मन्त्री भएका दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने भएको छ। 

बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले मनाङेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। 

दीपक मनाङे पहिला आफ्नो पार्टीमा प्रवेश गरेको र पार्टी प्रवेश गरेकाले आफूहरूले मन्त्रीसमेत बनाएकोमा अहिले कुनै छलफल नै नगरी समीकरण बदलिएको अवस्थामा मन्त्री बन्न गएकाले स्पष्टीकरण सोध्नु परेको सचिव जीवनराम श्रेष्ठले बताए। उनलाई प्रदेश कमिटीलाई स्पष्टीकरण सोध्न निर्देशन दिइएको छ।

२०७९ को निर्वाचनमा मनाङे प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर मनाङ १ (ख) बाट निर्वाचित भएका थिए।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ७ : २८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको