फिल्मबाट किन विश्राम लिँदैछन् रणभीर र दीपिका ? « Khabarhub

फिल्मबाट किन विश्राम लिँदैछन् रणभीर र दीपिका ?


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड नायक रणभीर सिंह र नायिका दीपिका पादुकोणले चलचित्रबाट लामो समयका लागि विश्राम लिने भएका छन् । पहिलो सन्तानको अभिभावक बन्नका लागि यो जोडीले विश्राम लिन लागेको बुझिएको छ ।

रणभीर र दीपिकाले गत फेब्रुअरीमा विवाहको ६ वर्षपछि अभिभावक बन्न लागेको जानकारी गराएका थिए । भारतीय मिडियाका अनुसार यो वर्षको अन्तिममा दीपिकाले पहिलो सन्तानलाई जन्म दिँदै छिन् ।

गर्भवती भएसँगै दीपिकाले सम्झौता गरेका सबै काम पूरा गरिसकेकी छिन् । रणभीर पनि पाइपलाइनमा भएका फिल्महरू छिटै सक्ने र तत्काल कुनै नयाँ फिल्ममा सम्झौता नगर्ने योजनामा रहेको भारतीय सञ्चार माध्यम अमर उजालले जनाएको छ ।

श्रीमती र पहिलो नवजात सन्तानसँग समय बिताउनका लागि रणभीर विश्रामको योजनामा रहेको बुझिएको छ ।

यो जोडीले सामाजिक सञ्जालमा निलो र गुलाबी रङका साना जुत्ता, टोपी तथा बेलुनकाे फोटो सार्वजनिक गरेको छ । उनीहरूले सेप्टेम्बर महिनामा पहिलो सन्तानको आगमन हुने पनि संकेत गरेका छन् ।

यो जोडीले निलो र गुलाबी रङको बच्चाको लुगा सेट सार्वजनिक गर्नुलाई धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले जुम्ल्याहा बच्चाको जन्म दिन लागेको भनेर संकेत दिएको रुपमा पनि लिएका छन् । यद्यपि यो जोडीले कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ६ : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै