स्वास्थ्यका अधिकृतहरूको सेवा प्रवेश उमेर हद ४५ कायम गर्न सर्वोच्चको आदेश | Khabarhub Khabarhub

स्वास्थ्यका अधिकृतहरूको सेवा प्रवेश उमेर हद ४५ कायम गर्न सर्वोच्चको आदेश


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले स्वास्थ्य सेवाको अधिकृतस्तरको कर्मचारीको सेवा प्रवेश उमेर हद ४५ वर्ष कायम गर्न सरकारको नाममा अन्तरिम आदेश दिएको छ । 

बिहीबार नेपाल मेडिकल एसोसिएसन (एनएमए)ले नेपाल सरकारलाई विपक्षी बनाएर हालेको रिटमा फैसला गर्दै सर्वोच्चले सो आदेश जारी गरेको हो । 

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सरकारका नाममा अन्तरिम आदेश दिनुका साथै कारण देखाउ आदेशसमेत दिएको छ । स्वास्थ्य सेवा ऐन, २०५३ को दफा १२ मा स्वास्थ्यतर्फ अधिकृत तहको पदमा स्थायी नियुक्त हुन २१ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । 

तर, पछिल्लो समय स्थानीय तह, प्रदेश सरकार र केही प्रतिष्ठानहरूले उम्मेदवारको उमेर हद ३५ वर्ष राखेर विज्ञापन गरिरहेका थिए । सो विज्ञापन ऐन विपरित भएको भन्दै संघ अदालत गएको महासचिव डा.सञ्जीव तिवारीले बताए । 

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ५ : ०८ बजे

‘नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य’

काठमाडौं – चिकित्सकले निर्धारित समय अघि नै जन्मिएका नवजात शिशुको

काभा यु–१९ महिला भलिबलः नेपालले माल्दिभ्सलाई हरायो

काठमाडौं – श्रीलङ्काको कोलम्बोमा जारी सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा)

विमलाको ह्याट्रिक, आर्मी सेमिफाइनलमा

झापा- विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई

एसएसपी प्रकाश रानाभाटको राजीनामा स्वीकृत

काठमाडौं – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटको राजीनामा

रास्वपाको विस्तारित बैठक शुक्रबारदेखि, पाँच सय बढी प्रतिनिधि सहभागी हुने

चितवन– चितवनको सौराहामा शुक्रबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को