आजका समाचार : मन्त्रिपरिषद बैठकदेखि गृहको २१ बुँदे निर्देशनसम्म | Khabarhub Khabarhub

आजका समाचार : मन्त्रिपरिषद बैठकदेखि गृहको २१ बुँदे निर्देशनसम्म


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त
सरकारले राष्ट्रिय योजना आयोगमा चार जना सदस्य नियुक्त गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले काठमाडौँकी संगीता सिंह, जुम्लाका डा कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाण्डेलाई आयोगको सदस्यमा नियुक्त गरिएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

 

सिंह, महत र अधिकारी एमाले तथा पाण्डे रास्वापाको कोटाबाट सदस्य बनेका हुन् । यस्तै, बैठकले नेपालका ३ जना र कोरियाका ७ जना गरी १० जनालाई सिन्धुपाल्चोकस्थित जुगल– १ र जुगल–२ हिमाल आरोहणमा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्राङ्कीत बिशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणी पौडेललाई बढुवा गर्ने निर्णय गरिएको प्रवक्ता शर्मले जानकारी दिइन् ।

चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

‘दलित समुदायको समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध’

विभेदका सम्पूर्ण स्वरूपको अन्त्य अनिवार्य : प्रधानमन्त्री

माओवादी केन्द्रीय सदस्य शर्माले गरे पार्टी परित्याग

राजनीतिक दलसम्बन्धी ऐन संशोधनमा सुझाव माग

रास्वपाका चार सांसदलाई निर्वाचन आयोगले तोकेको कारबाही बदर

गृहको २१ बुँदे निर्देशन जारी
गृह मन्त्रालयले मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ ।

यही चैत ७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार मन्त्रालयले आज ‘नेपाल सरकारको प्रतिनिधिका रुपमा शान्तिसुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी नागरिकप्रतिको भरोसा अभिवृद्धि गर्न भन्दै’ २१ बुँदे निर्देशन जारी गरेको हो ।


उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नागरिकले तत्काल अनुभूत गर्नेगरी स्थानीय प्रशासनको कामकारबाहीमा सुधार ल्याउन निर्देशन गरेअनुसार मन्त्रालयले उक्त निर्देशन जारी गरेको उनको सचिवालयले जनाएको छ ।

प्रहरीका पेट्रोलपम्प २४सै घण्टा सञ्चालन हुने

आगामी बजेटमा निर्वाचन क्षेत्रको न्यूनतम सन्तुलनमा ध्यान दिइनेछ : अर्थमन्त्री

अब पार्टी सदस्यताकै आधारमा टिकट दिइन्न : ओली

पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी : मन्त्री बस्नेत

छुवाछूत नेपाली समाजमा ठूलो चुनौतीको रुपमा छ : माधव नेपाल

दोस्रो आवधिक योजना निर्माणमा जुट्यो लुम्बिनी प्रदेश सरकार

उदयपुर र हेटौँडा सिमेन्ट उद्योगको घाटा न्यूनीकरण गर्छौँ: मन्त्री भण्डारी

नीति तथा कार्यक्रमका लागि सुझाव संकलन

सरकार र सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच ८ बुँदे सहमति
सरकार र सहकारीका बचतकर्ताका तर्फबाट आन्दोलन गर्दै आएका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच ८ बुँदे सहमति भएको छ ।

बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको वार्ता समिति र अभियानबीच भएको वार्ताका क्रममा ८ बुँदे सहमति भएको हो । दुईपक्षबीच समस्या देखिएका सहकारी संस्थाहरूको निरीक्षण अनुगमन गर्ने र समस्याग्रस्त सहकारीको रुपमा घोषणा गर्न सिफारिस गर्नका लागि अधिकार सम्पन्न समिति गठन गर्ने सहमति भएको छ ।

सरकार र सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच ८ बुँदे सहमति

सूर्यदर्शन सहकारीका पीडितले दिए संसदीय समितिमा निवेदन

सुन प्रकरणमा पक्राउ परेका महराले सीआईबीलाई दिए बयान

स्वास्थ्यका अधिकृतहरूको सेवा प्रवेश उमेर हद ४५ कायम गर्न सर्वोच्चको आदेश

लोसपाको निर्णय

स्टन्ट गर्नेलाई मेरो चरित्रको सर्टिफिकेट बुझाउनुपर्दैन
अर्बपति सांसद विनोद चौधरीले विहीबार बिहान माइतीघरस्थित काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेर बाँसबारी जग्गा हिनामिना प्रकरणमा वयान दिए । केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीलाई वयान दिएर बाहिरिने क्रममा उनले सञ्चारकर्मीसामु करिब ४ मिनेट प्रतिक्रिया दिए ।

सञ्चारकर्मीसँगको कुराकानीमा चौधरीले बाँसबारीको सरकारी जग्गाको स्वामित्व कसरी चौधरी ग्रुपमा सर्‍यो भन्ने मूल प्रश्नको व्याख्या गरेनन् । बरु राज्यले उद्योगीलाई राजनीतिकरण गरेको भन्दै यो घटनाबाट संसारभरका युवाहरुको कस्तो सन्देश गयो होला भन्ने प्रश्न गरे । बाँसबारीको अनकन्टार जग्गाको त्यसबेलाको भाउ कौडीको रहेको उनले बताए ।

उद्योगीलाई हतोत्साही बनाउने काम भयो, राजनीतिकरण गरियो : विनोद चौधरी

गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर

महिला न्यायाधीशको पहिलो राष्ट्रिय सम्मेलन शुक्रबारदेखि

कोदालो प्रहारबाट एक जनाको मृत्यु, दुईको हेलिकप्टरबाट उद्धार

कोशीमा चार सय ८८ आगलागीका घटना

चार दिनदेखि कुश्माबजार अन्धकार

किएभमा रूसी क्षेप्यास्त्र आक्रमण, १३ जना घाइते
युक्रेनको राजधानी किएभमा बिहीबार रूसले गरेको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा १३ जना घाइते भएको किएभ नगर सैनिक प्रशासन ९केसीएमए० ले जनाएको छ ।

मध्य शेभचेन्किभ्स्की जिल्ला र पश्चिमी स्वयातोशिन्की जिल्लामा रहेका दुई अग्ला आवासीय भवनमा क्षेप्यास्त्रद्वारा आक्रमण भएपछि यसबाट भवन र वरपरका क्षेत्रमा समेत क्षति पुर्‍याएको छ ।

आक्रमणपछि मध्य पोडिल्स्की जिल्लामा रहेको एक ट्रान्सफर्मर सबस्टेसनमा आगलागी भएको थियो ।

काङ्ग्रेसलाई चुनाव प्रचारका लागि पैसाको अभाव : राहुल गान्धी

समुद्रमा फसेका ६९ रोहिङ्ग्या शरणार्थीको उद्धार

जापान एयरलाइन्सले ३२ एयरबस र १० बोइङ विमान खरिद गर्ने

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ८ : ०१ बजे

स्पेनसँगको सम्बन्ध अझ मजबुत बन्दै गएको छ : भारत

काठमाडौं – स्पेनसँगको सम्बन्ध अझ मजबुत हुँदै गएको भारतले जनाएको

अमेरिकी आक्रमणमा सिरियामा कम्तीमा ३५ जिहादीको मृत्यु

वासिङ्टन । अमेरिकी वायुसेनाले यस हप्ता सिरियामा इस्लामिक स्टेट समूह

महिला फुटबल टिमका प्रशिक्षक तामाङले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले

इलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर

कैलाली – यहाँको टीकापुर नगरपालिका–४ बाघमाराका पर्शुराम चौधरी हिजोआज फुर्सदिलो

फाइनल गुमाएपछि स्तब्ध नेपाल (तस्बिरहरू)

काठमाडौं । नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को