‘प्रशिक्षकबिना खेलकुदको विकास असम्भव’ « Khabarhub

‘प्रशिक्षकबिना खेलकुदको विकास असम्भव’


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री महेन्द्रध्वज जिसीले प्रशिक्षक बिना खेलकुदको विकास असम्भव नहुने बताएका छन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आठौँं बोर्ड बैठकलाई सम्बोधन गदै उनले नयाँ प्राविधिक कर्मचारी व्यवस्थापन गर्न ऐनमा देखिएका समस्या हटाउन सरकारले गृहकार्य थालेको जानकारी दिए। खेलकुदभित्र बजेटमा देखिएका समस्या समाधान गर्न आफू प्रयत्नशील रहने प्रदेश खेलकुद परिषद्को अध्यक्षसमेत रहेका मन्त्री जिसीले बताए ।

सरकार आफ्नो उद्देश्य प्राप्तिका लागि अघि बढिरहेको बताउँदै उनले भने, “हाम्रा माग असिमित छन् । बजेट न्यून छ । तर हामी न्यून बजेटबाटै प्रतिफल प्राप्त गर्नुछ ।”सरकार राजनीतिक निकासका लागि पहल गरिरहेको उल्लेख गर्दै उनले नीतिगत समस्या पन्छ्याउँदै नयाँ गतिमा अघि बढ्ने दाबी गरे।

परिषद्का सदस्य सचिव श्रीधर शर्माले परिषद्को गतिबिधिबारेमा जानकारी दिए थिए । बैठकले १० औं राष्ट्रिय खेलकुदको तयारीमा जुट्ने गरी बजेटको बाँडफाँड गरेको छ । पहिलो पटक आयोजना हुन लागेको बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिताको तयारीलाई समेत तीव्र बनाउने निर्णय गरिएको छ ।

यसैगरी यू–१५ राष्ट्रिय जुनियर राष्ट्रिय प्रतियोगिता पोखरामा सञ्चालन गर्नका लागि राष्ट्रिय खेलकुद परिषदमा प्रस्ताव पेस गर्ने जनाएको छ । उक्त प्रतियोगिता आगामी २०८० जेठमा हुने तय भएको छ । बैठकले परिषद्का पूर्व अध्यक्ष एवं पूर्वमन्त्री सुशीला सिम्खडालाई आफ्नो कार्यअवधिभर खेलकुद, खेलाडी र प्रदेश खेलकुद परिषद्को विकासमा पु¥याएको योगदानको कदर गर्दै आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ८ : १९ बजे

कांग्रेस-एमालेको दुई तिहाइको दम्भका कारण देशमा असहज अवस्था आयोः उपेन्द्र यादव

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमालेको

जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

कास्की – जावलाखेल युथ क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

पूर्वराजकुमार समातिएपछि बेलायती जनता खुशी, राजा भन्छन्– अब कानुनले काम गर्छ

काठमाडौं– कुख्यात बालयौन दुराचारी जेफ्री एपस्टिनसँग मुछिएर बदनाम भएका बेलायतका

उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल फेला

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल