विश्व खुशी प्रतिवेदनमा नेपाल ९३औं स्थानमा « Khabarhub

विश्व खुशी प्रतिवेदनमा नेपाल ९३औं स्थानमा


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व खुशी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुशी हुने देशको ९३औँ स्थानमा रहेको देखाएको छ । विश्व खुशी प्रतिवेदन, २०२४ अनुसार एक सय ४३ देशहरुमध्ये खुशीको सुचांकमा नेपालले ९३ औं स्थान प्राप्त गरेको हो ।

उक्त प्रतिवेदनअनुसार उक्त सूचीको पहिलो स्थानमा फिनल्याण्ड छ । फिनल्याण्ड लगातार सात वर्षदेखि शीर्ष स्थानमा रहँदै आएको छ । फिनल्याण्डपछि प्रमुख दशमा डेनमार्क, आइसल्याण्ड, स्वीडेन, इजरायल, नेदरल्याण्ड, नर्वे, लक्जमवर्ग, स्वीजरल्याण्ड र अस्टे«लिया छन् । प्रतिवेदनले ३० वर्षमुनि उमेर समूहमा खुशी हुने स्थानमा भने नेपाल ९२औँ स्थानमा छ

उक्त प्रतिवेदन गलुप, अक्सफोर्ड विश्वविद्यालय, वेलबिइङ रिसर्च सेन्टर, संयुक्त राष्ट्रसङ्घ दिगो विकास सोलुसन नेटवर्क र डब्लुएचआर्स एडिटोरियल बोर्डले प्रकाशन गरेको हो ।

मुख्यत जीवन मूल्याङ्कनका प्रश्न उत्तरलाई आधार मानी प्रतिवेदन तयार पारिएको जनाइएको छ । उत्तरदाताहरुलाई आफ्नो जीवनशैलीलाई राम्रोदेखि खराबसम्मको शून्यदेखि १० नम्बरबीच अङ्क दिने गरी प्रश्न सोधिएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  १० : ४३ बजे

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

काठमाडौं– सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजार बढी मुद्दाको

जो ५४ वर्षीमा आमा बनिन्…

काठमाडौं– बिएण्डबी अस्पतालमा ५४ वर्षीया महिलाले स्वस्थ शिशुलाई जन्म दिएकी छन्

केन्द्रीय समितिले नै विशेष महाधिवेशन बोलाउनुपर्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको

पर्साको सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव कायम राख्न आह्वान

वीरगञ्ज– पर्साका राजनीतिक दलका प्रतिनिधिसहितको सर्वदलीय बैठकले वीरगञ्ज महानगरमा देखिएको सामाजिक

दल जिम्मेवार नहुँदा समानुपातिकमा तरमारा हाबी भए : टीकाराम भट्टराई

सामाजिक न्याय र समावेशी सहभागिता सुनिश्चित गर्ने उद्देश्यले संविधानमै समेटिएको