ओखलढुंगाको चम्पादेवीमा बाघको आतंक, एक व्यक्ति घाइते, २७ बाख्रा मरे « Khabarhub

ओखलढुंगाको चम्पादेवीमा बाघको आतंक, एक व्यक्ति घाइते, २७ बाख्रा मरे


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओखलढुंगाको चम्पादेवी गाउँपालिका, पलापुमा बस्ती छिरेर बाघले बितण्डा मच्चाउँदा एक व्यक्ति घाइते भएका छन् भने २७ वटा बाख्रा मारिएका छन् ।

चम्पादेवी गाउँपालिका– १ र २ मा पर्ने पलापुमा तीन दिनमा बाघले २७ वटा बाख्रा मारेको हो । बुधबार बिहान स्थानीय मसली मायाको नौ वटा खसीबोकासहित नौ वटा बाख्रा मारेको छ । यसअघि मंगलबार पलापुकै झलकबहादुर मगरको र बाबुराम श्रेष्ठको बाख्रा मारेको थियो ।

तीन दिनअघि स्थानीय बलबहादुर श्रेष्ठ, घनीमाया मगर, मेघबहादुर श्रेष्ठ, एकबहादुर श्रेष्ठ र असमन मगरको एक–एक वटा बाख्रा बाघले मारेको वडाध्यक्ष कुलबहादुर श्रेष्ठले जानकारी दिए ।

केही दिनयता बाघले गाउँमा आतङ्क मच्चाएको श्रेष्ठको भनाइ छ । बाघको आक्रमणबाट पलापुका हीराबहादुर श्रेष्ठ घाइते भएका छन् । गोठमा काम गरिरहेको अवस्थामा श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएको हो । घाइते श्रेष्ठको सिन्धुलीको खुर्कोटमा उपचार भइरहेको छ ।

बाघ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय ओखलढुङ्गामा पहल गरिएको गाउँपालिका प्रमुख नवराज केसीले बताए । बाघ नियन्त्रणका लागि जिल्लाबाट टोली मगाइएको अध्यक्ष केसीले जानकारी दिए।

रातदिन जुनसुकै समयमा बाघले आक्रमण गरी बाख्रा मार्न थाले पछि स्थानीयवासी त्रसित भएका छन् । डिभिजन वन कार्यालय ओखलढुङ्गाका फरेष्टर गणेशबहादुर कटुवालका अनुसार बाख्रामाथि भएको आक्रमणका प्रकृतिअनुसार बाघले नै स्थानीयलाई त्रसित परेको हुन सक्ने बताए ।

गाउँ छिरेको बाघले केहि दिनदेखि गोठमा पसेर बस्तुभाउलाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । बाघले बितन्डा मच्चाउन थालेपछि घर बाहिर हिँड्डुल गर्न पनि समस्या भएको स्थानीय खिम श्रेष्ठले बताए ।

बाघले आक्रमण गर्ने त्रास बढेसँगै स्थानीयबासी खेतिपाती तथा घरायसी कामका लागि बाहिर निस्कन सकिरहेका छैनन् । सामान्यत: पहाडी जिल्लामा बाघ बिरलै पाइन्छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ७ : ५८ बजे

लागूऔषधसहित सात जना पक्राउ

झापा– लागूऔषध खैरो हेरोइनसहित झापाबाट सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर– दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’

स्याङ्जा– आँधीखोला गाउँपालिका–१ मा अवस्थित ‘म्हाजु भञ्ज्याङ ’ पर्यटकको रोजाइमा