म्याग्दीमा तातोपानीको नयाँ मुहान भेटियो | Khabarhub Khabarhub

म्याग्दीमा तातोपानीको नयाँ मुहान भेटियो


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा तातोपानीको नयाँ मुहान भेटिएको छ ।

बगरगाउँमुनिको लपचिस महजरा भन्ने ठाउँमा प्राकृतिकरूपमा तातोपानी निस्कने मुहान भेटिएको हो । नाउरा–बगर जोड्ने सडक निर्माणका क्रममा बाफ उडेको देखेपछि छाम्ने क्रममा तातोपानीको मुहान पत्ता लागेको धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरले राससलाई जानकारी दिए ।

“म्याग्दी नदीको किनारमा बाफ उडेको र बिरेनुनको गन्ध आएपछि त्यहाँ पुग्दा तातोपानीको मुहान भेटियो”, उनले भने, “म्याग्दी नदीलाई डाइभर्सन र मुहानलाई संरक्षण गरेर स्नानस्थलका रूपमा विकास गर्ने योजना बनाएका छौँ ।”

जमिनभित्रबाट करिब ५० डिग्री सेल्सिएस तापक्रममा निस्कने पानीको मुहानमा पुग्न बगरगाउँबाट करिब ३० मिनेट हिँड्नुपर्छ । यसअघि सो तातोपानीको मुहानसम्म पुग्ने बाटो थिएन । म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाले बगरगाउँबाट महजरासम्म सडक निर्माण गरिसकेका छन् । नाउराबाट महजरा हँुदै बगर जाने सडक निर्माणाधीन छ ।

जलविद्युत् आयोजनाका कर्मचारी, मजदुर र स्थानीय बासिन्दाहरू सोही तातोपानीमा स्नान गर्न जान थालेका छन् । पानीमा बिरेनुन र अण्डा उमालेको जस्तो गन्ध आउने बगरका बासिन्दासमेत रहेका वडासदस्य हरिप्रसाद तिलिजाले बताए । “सानो हुँदा त्यहाँ तातोपानीको मुहान भएको सुनेको थिएँ”, उनले भने, “५५–६० वर्षपछि मुहान भेटियो । यसलाई संरक्षण र व्यवस्थित गर्नुपर्छ ।” तातोपानीको पोखरीमा स्नान गरेमा चोटपटक लागेको, सुन्निएको, बज्रिएको, ग्यास्ट्रिकलगायत स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।

तातोपानीको स्रोत मध्यम किसिमको छ । व्यवस्थित पोखरी बनाउन सकेमा २० देखि २५ जनासम्मले स्नान गर्न सक्छन् । धवलागिरि हिमाल आरोहण गर्न जाने पदमार्गमा पर्ने बगरगाउँ नजिकै रहेको अर्को तातोपानी कुण्ड छ । त्यहाँ स्थानीयवासीले स्नान गरेर स्वास्थ्यलाभ लिने गर्दछन् ।

म्याग्दीमा अन्नपूर्ण गाउँपालिकाको दोवा सेकार्कु, भुरुङ्ग, पाउद्वार, रातोपानी र कटुञ्जेमा यसअघि पहिचान भएका तातोपानीका मुहानको संरक्षण र व्यवस्थापन हुँदै आएको छ । यसैगरी बेनी नगरपालिका–४ को सिङ्गा, रघुगङ्गा गाउँपालिका–४ को दर्मीजा, धवलागिरि गाउँपालिका–१ गुर्जा र वडा नं ४ बगरमा रहेका तातोपानी कुण्ड प्राकृतिक उपचारस्थलको रूपमा प्रयोग भएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ८ : ३५ बजे

एशियन फर्मास्युटिकलले उत्पादन गरेका दुईवटा औषधि बेचबिखनमा प्रतिबन्ध

काठमाडौं- नेपाली बजारमा धेरै बिक्री हुने दुईवटा औषधि बेचबिखनमा औषधि

सिलिण्डरबाट आगलागी हुँदा एक जनाको मृत्यु  

कञ्चनपुर– कञ्चनपुरमा ग्याँस सिलिण्डरबाट आगलागी हुँदा बिहीबार एक महिलाको मृत्यु

ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

नवलपरासी पश्चिम– पश्चिम नवलपरासीको सुस्तामा ट्याक्टर दुर्घटनामा परी एक  जनाको

टर्की प्रहरीद्वारा तीन सय ६६ शंकास्पद लागूऔषध कारोबारी पक्राउ

अङ्कारा– टर्कीका प्रहरीले लागूऔषध कारोबारी विरुद्धको व्यापक कारबाहीमा तीन सय ६६

त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले सुनसहित पक्राउ परेका