विभागले भित्र्यायो ‘मास प्रिन्टर’, सेवाग्राहीले समयमै स्मार्ट कार्ड पाउने विश्वास « Khabarhub

विभागले भित्र्यायो ‘मास प्रिन्टर’, सेवाग्राहीले समयमै स्मार्ट कार्ड पाउने विश्वास


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो प्रयासपछि सरकारले एकै पटकमा धेरै स्मार्ट कार्ड छाप्ने क्षमता भएको ‘मास प्रिन्टर’ भित्र्याएको छ । चार वर्षअघिदेखि स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण थालिएकोमा मास प्रिन्टर नहुँदा अझै १० लाख स्मार्ट कार्ड छाप्न बाँकी छ ।

यातायात व्यवस्था विभागसँग अहिले भएको उपकरणले एकै पटकमा धेरै स्मार्ट कार्ड नछाप्ने भएकाले सेवाग्राहीले करिब एक वर्षसम्म कुर्नु पर्ने बाध्यता छ । यो बाध्यतालाई अन्त्य गर्न ल्याइएको मास प्रिन्टर आज विभाग कार्यालय आइपुगेको हो ।

एकडेढ महिनापछि उक्त उपकरण प्रयोगमा आउने विभागका प्रवक्ता तीर्थराज खनालले बताए । उपकरण आएपछि त्यसको जडान, परीक्षणलगायतका काम सकिएपछि नियमित रुपमा सञ्चालनमा आउने उनले बताए । विभागले मदरास प्रिन्टर प्रालिमार्फत प्रिन्टर खरीद गरेको हो ।

‘स्मार्ट’ चालक अनुमतिपत्र वितरणमा रहेको ढिलाइ हटाउनका लागि ‘मास प्रिन्टर’ खरीद गरिएको उनले बताए । प्रवक्ता खनालले भने, ‘प्रिन्टरले नियमित रुपमा काम गर्न शुरु गरेपछि अहिले रहेको समस्या समाधान हुनेछ ।’

सरकारले गतवर्ष ग्लोबल बोलपत्रमार्फत प्रिन्टर खरीद प्रक्रिया अघि बढाएको थियो । प्रिन्टर खरीदका लागि तोकिएको अवधि गत महिनामा नै सकिएको थियो । तोकिएको अवधिमा प्रिन्टर नआएपछि ठेकेदार कम्पनीलाई नियमित रुपमा घचघचाइरहेको विभागले जनाएको छ ।

विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेसिन) को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएको विभागले जनाएको छ । विभागमा अहिले नौ वटा उपकरण रहेका छन् ।

तीमध्ये छ/सात वटाले मात्रै नियमित काम गरिरहेको प्रवक्ता खनालले बताए । विभागले नयाँ वा नवीकरणका लागि परेका आवेदनबाट एक वर्ष वा त्योभन्दा पहिलेदेखिको कार्ड छाप्न बाँकी छ ।

देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ८ : १३ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको