स्वराजको निधनमा काङ्ग्रेसबाट दुःख व्यक्त « Khabarhub

स्वराजको निधनमा काङ्ग्रेसबाट दुःख व्यक्त


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काङ्ग्रेसले भारतीय जनता पार्टीकी नेत्री एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधनमा दुःख व्यक्त गरेको छ ।

काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार नेत्री स्वराजको निधनमा दुःख प्रकट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई छुट्टाछुट्टै समवेदना सन्देश पठाएका हुन् ।

सभापति देउवाले पठाएको सन्देशमा नेपाल र भारतबीचको सम्बन्धलाई सुदृढ बनाउन स्वर्गीय स्वराजले पुर्‍याएको योगदानको स्मरण गरे ।

उनले स्वराजको असामयिक निधनप्रति दुःख प्रकट गर्दै भारत सरकार, भारतीय जनता पार्टीका सदस्य, स्वर्गीय स्वराजका परिवारका सदस्यसहित सम्पूर्ण भारतीय जनताप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ८ : ३४ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र