स्टन्डबाजी गरेर भ्रम सिर्जना नगर्न सरकारलाई कांग्रेसको आग्रह « Khabarhub

स्टन्डबाजी गरेर भ्रम सिर्जना नगर्न सरकारलाई कांग्रेसको आग्रह


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले स्टन्डबाजी गरेर भ्रमको सिर्जना गर्ने कामलाई बन्द गर्न सरकारलाई आग्रह गरेका छन् ।

शनिबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित होली मिलन कार्यक्रममा बोल्दै बानियाँले सरकारले जनताको पक्षमा काम गर्नुपर्ने भन्दै स्टन्डबाजी गरेर भ्रमको सिर्जना गर्ने कामलाई बन्द गर्नुपर्ने बताएका हुन् । 

सत्य, न्याय र गरिबको पक्षमा गणतन्त्रलाई संस्थागत गर्दै दिगो विकासको बाटोमा अघि बढ्न उनले आह्वान समेत गरे । उनले अहिले मुलुकको व्यवस्थामाथि नै चुनौति बढेको भन्दै मुलुकको व्यवस्थालाई बलियो बनाउनका लागि पनि चाडपर्वले सकारात्मक ऊर्जा दिने विश्वास व्यक्त गरे ।

बानियाँले कांग्रेसभित्रको गुटउपगुटलाई अन्त्य गर्दै पार्टीको नीतिभित्र रहेर एकजुट भएर अघि बढ्नुपर्ने बताए। 

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  २ : ४८ बजे

अमेरिकाको एपस्टीन ‘सेक्स स्क्यान्डल’मा सबैभन्दा ठूलो खुलासा हुने सम्भावना

वासिङ्टन डीसी- अमेरिकाको कुख्यात जेफ्री एपस्टीन सेक्स स्क्यान्डलसँग सम्बन्धित मुद्दामा

मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानसिक स्वास्थ्यबारे बहस

युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलनका क्रममा

घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा हेर्न पाइने

काठमाडौं– घर निर्माण फेस्टको आकर्षणका रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको

सन् २०२६ मा श्रीलङ्काको विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान

कोलम्बो– सन् २०२६ मा श्रीलङ्काको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रवाह