एकीकृत घुम्ती शिविरमा २३ हजार पशुको उपचार « Khabarhub

एकीकृत घुम्ती शिविरमा २३ हजार पशुको उपचार


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिकामा सञ्चालित एकीकृत घुम्ती शिविरमा २३ हजारभन्दा बढी पशुको उपचार भएको छ । गत फागुन २१ देखि चैत ८ गतेसम्म सबै वडामा सञ्चालित शिविरबाट २३ हजार तीन सय ३६ पशुको उपचार भएको हो ।

उक्त शिविरबाट सातवटा वडाका एक हजार नौ सय २६ जना पशुपालक किसान लाभान्वित भएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. विनय शाहले जानकारी दिए । उनले भने, ‘गाउँपालिकाबाट प्रदान गरिने सबै सेवा वडा र टोलस्तरबाट प्रदान गर्ने सिलसिलामा पशु सेवा शिविर सञ्चालन गरेका थियौँ, शिविरमा गाईभैँसी, बाख्रा, कुखुरा, बङ्गुरलगायत पशुको उपचार गरेका छौँ । टोलमै सेवा पाउँदा किसानलाई पनि सजिलो भयो ।’

पशु चिकित्सक डा. शाहका अनुसार उक्त पालिका– १ स्थित बाख्रेमा एक हजार तीन सय ५५, टाक्राङमा दुई हजार दुई सय ४९, वडा नम्बर २ स्थित गुञ्जारामा आठ सय तीन, जामुनेमा दुई हजार दुई सय ३६, वडा नम्बर ३ स्थित किल्चोक र बेल्टारमा एक हजार चार पशुको उपचार गरिएको छ ।

यस्तै, जनगणपति माविमा एक हजार एक सय ६९, वडा नं ४ स्थित कोल्डाँडामा एक हजार आठ सय ४६, छिम्लेश्वारामा दुई हजार ५६, वडा नं ५ स्थित छाङपाटनमा दुई हजार चार सय ४९, साउनेपानीमा दुई हजार १२ पशुको उपचार गरिएको हो ।

यसैगरी वडा नं ६ स्थित सर्वलाङमा एक हजार नौ सय २३, वडा नं ७ स्थित माझिलाङमा दुई हजार तीन सय ६०, रानीश्वारामा एक हजार आठ सय ७४ पशुको उपचार गरिएको छ ।

अन्य समयमा किसानहरूले पशु नै सम्बन्धित पशु सेवा केन्द्रसम्म ल्याएर उपचार गर्नुपर्ने अवस्था रहे पनि घुम्ती शिविरका बेला पशु प्राविधिक नै टोलमै पुगेर सेवा दिएको डा. शाहले बताए । उनले भने, ‘गाउँपालिकाले बेला–बेलामा यसरी नै टोल तहसम्म पुगेर घुम्ती शिविर सञ्चालन गर्दा पशुपालक किसानलाई राहत पुग्ने गरेको छ ।’

घुम्ती शिविरबाटै बीमाको प्रचारप्रसार गरिएको थियो । आकस्मिक रोग तथा क्षति न्यूनीकरण गर्न पशुको बीमा गर्न किसानलाई प्रोत्साहन गरिने डा शाहको भनाइ छ ।

पशुको बीमाका लागि किसानले बुझाउने रकम गाउँपालिकाको पशु सेवा शाखाबाट पुनः किसानलाई प्रदान गरिने कार्यक्रम चालु आर्थिक वर्षमा पनि जारी रहेको उनले बताए । उनले भने, ‘पशु बीमा गरेपछि पशुको क्षति भएमा किसानलाई क्षतिपूर्ति मिल्नेछ, बीमा निःशुल्क भएकाले यसको प्रचारप्रसारमा जोड दिएका छौँ ।’

डा. शाहका अनुसार घुम्ती शिविरमा आकस्मिक तथा महामारीजन्य रोग रोकथाम तथा न्यूनीकरणका लागि खोरेत, भ्यागुते, चरचरे, पिपिआर, स्वाइन फिबर र कुकुर बिरालोमा रेबिजविरुद्धको खोप लगाइएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ८ : १९ बजे

आईपीएल : बेंगलुरुलाई कोलकाताले दियो १९३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले रोयल

सीईओ पक्राउपछि एनएमबी बैंकले भन्यो : सबै प्रक्रिया कानुनसम्मत छ

काठमाडौं – स्मार्ट टेलिकम प्रा. लि. सँग सम्बन्धित कर्जा असुली

यी हुन् कायम भएका १८ मन्त्रालय (सूचीसहित)

काठमाडाैं – प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला

कास्की – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट

हत्या गरिएको अवस्थामा दाजुभाइको शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए सूचना

त्रिशुली – नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर