निगमको नयाँ जहाजको भोजपुरमा परीक्षण उडान सफल « Khabarhub

निगमको नयाँ जहाजको भोजपुरमा परीक्षण उडान सफल


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– जिल्लाको टक्सार विमानस्थलमा नेपाल एयरलायन्सको नयाँ जहाजले उडान परीक्षण सफल गरेको छ ।

नेपाल एयरलायन्सको नयाँ विमान (वाई १२)ले बुधबार परीक्षण उडान भरेको हो । नयाँ उडानको पूर्वीपहाडी क्षेत्रमा यो दोस्रो रहेको नेपाल वायुसेवा निगमले जनाएको छ ।

अबका दिनमा जहाजले आवश्यकताअनुसार उडान भर्ने निगमका स्टेशन प्रमुख दिनेश कोइरालाले जानकारी दिए । पाइलट आङ नुरी शेर्पाले जहाजका लागि टक्सार विमानस्थल अनुकूल पाइएको प्रतिक्रिया दिएको निगमले जनाएको छ ।

नयाँ जहाजमा १७ जनाको सिट क्षमता रहेको छ । अहिले निगमको ट्वीनअटर जहाजले भोजपुर–काठमाडौँ बुधबारबाहेक हप्तामा छ दिन र भोजपुर–विराटनगर हप्तामा दुई दिन आइतबार र बिहीबार उडान भर्दै आएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ९ : ५० बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र