होलीमा उपद्रो : १०३ पक्राउ, ७५० गाडी होल्ड « Khabarhub

होलीमा उपद्रो : १०३ पक्राउ, ७५० गाडी होल्ड


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका पहाडी जिल्लाका साथै काठमाडौं उपत्यकामा आइतबार होली मनाइएको छ । यसक्रममा मादक पदार्थ सेवन गरेर झगडा गरेको अभियोगमा १ सय ३ जना पक्राउ परेका छन् ।

मासपे गरेर सवारी चलाएको आरोपमा प्रहरीले साँझसम्म ७ सय ५० वटा सवारी साधन होल्ड गरेको प्रहरी प्रवक्ता डीआइजी भीम ढकालले खबरहबलाई जानकारी दिए ।

आइतबारको होली विगतमा वर्षहरुको भन्दा शान्तिपूर्ण रहेको डीआइजी ढकालले बताए । उनले भने, ‘आज होली गत सालको तुलनामा धेरै शान्तिपूर्ण र मर्यादित रुपमा खेलेको पाइयो ।’

ढकालका अनुसार जबरजस्ती रंग दल्ने, हिलो छ्याप्ने र मापसे गरेर झैंझगडा गरेको अभियोगमा देशभरिबाट आइतबार साँझसम्म १ सय ३ जना पक्राउ परेका छन् ।

मापसे गर्ने र तीव्र गतिमा सवारी चलाउने ७५० जनाको गाडी र मोटरसाइकल होल्ड गरिएको ढकालले बताए ।

उपत्यकाबाट ७६ जना पक्राउ परेका छन् भने ६७६ वटा सवारी साधन होल्ड गरिएको छ ।

कोशी प्रदेशमा कोही पनि पक्राउ नपरेको तर तीनवटा सवारी साधन होल्ड गरिएको प्रहरीले बताएको छ । त्यस्तै, सुदूरपश्चिममा आइतबार कोही पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

बागमतीमा उपत्यका बाहेकका जिल्लाबाट ११ जना पक्राउ परेका छन् भने ५८ वटा सवारी साधन होल्ड गरिएको छ ।

गण्डकी प्रदेशमा ५ जना पक्राउ परेका छन् भने ५० वटा सवारी साधन होल्ड गरिएको छ । लुम्बिनीमा ४ जना पक्राउ परेका छन् ।

त्यस्तै, कर्णालीमा ६ जना पक्राउ परेका छन् । मधेशमा सोमबार मात्र होली मनाइन्छ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ७ : २६ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक