घोडा दौड प्रतियोगिताको उपाधि दीपेन्द्रलाई | Khabarhub Khabarhub

घोडा दौड प्रतियोगिताको उपाधि दीपेन्द्रलाई


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ स्थित पर्यटकीय स्थल घोडेपानीमा आइतबार भएको चौथो घोडा दौड प्रतियोगिताको उपाधि कास्की समरुङका दीपेन्द्र गुरुङले जितेका छन् ।

अन्नपूर्ण गाउँपालिका– ६ खिवाङदेखि घोडेपानीसम्मको ६ दशमलव पाँच किलोमिटर दूरी उनले २८ मिनेट ४१ सेकेण्डमा पुरा गरे ।

यस्तै २८ मिनेट ४६ सेकेण्डमा दूरी पार गरेका घान्द्रुकका कृष्ण मगर दोस्रो र कास्की घान्द्रुककै दीपेन्द्र श्रीपालीले २९ मिनेट ५० सेकेण्डमा निर्धारित दूरी पार गरेर तेस्रो भए ।

प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५५ हजार, ३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरियो । घोडेपानी घोडा व्यवसायी समितिले आयोजना गरेको सो प्रतियोगितामा शिख, घोडेपानी, घान्द्रुक, समरुङ, उल्लेरी, फलातेलगायत ठाउँका २५ जना सहभागी भएका थिए ।

घोडा दौडका लागि खिवाङदेखि कुटुका–ठुलाखर्क– पेरिभारानी ताल– भलखरा –लरेनी, कालिसार हुँदै घोडेपानी जोड्ने परम्परागत मार्ग प्रयोग गरिएको प्रतियोगिताका संयोजक वीरेन गर्बुजा पुनले बताए । पर्यटन प्रवर्द्धन र घोडाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।

‘घोडेपानीको पर्यटन विकासमा घोडाको योगदान छ’, घोडेपानीका घोडा व्यवसायी याम पुनले भने, ‘सौखिन पर्यटक घोडा चढेर यात्रा गर्न रुचाउँछन् । हिँड्न नसक्ने पर्यटक घोडा चढेर गन्तव्यमा पुग्न पाएका छन् । घोडापालनबाट ढुवानीमा सहजताका साथै रोजगारी र आयआर्जनमा पनि सहयोग पुगेको छ ।’

घोडेपानी युवा क्लब, आमा समूह, पर्यटन व्यवस्थापन उपसमिति र टोल सुधार समितिसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । फागुपूर्णिमा पर्वको अवसरमा आयोजित घोडा दौड प्रतियोगिताले अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानीमा पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताइन् । घोडा दौड अवलोकनका लागि उल्लेख्य सङ्ख्यामा पर्यटकको उपस्थिति थियो ।

पुनहिल र घोडेपानीबाट सूर्योदय, हिमाल, पहाडी भूगोल, जङ्गलको मनमोहक दृष्य अवलोकन गर्न पर्यटक आउने गर्छन् । म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानी विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको छ ।

घोडेपानी र घोडाको ऐतिहासिक सम्बन्ध छ । परापूर्वकालमा घोडेपानी भोटमा नुन लिन जाने, दामोदरकुण्डको तीर्थयात्रा गर्ने र चिनियाँ नागरिकलाई भारतीय बजार जाने आउने माध्यम घोडा नै थिए ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ६ : ४७ बजे

पाँच वर्षसम्म गोलबजार–लगडी–गदियानी सडक अधुरै

सिरहा– दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक

आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

पाल्पा- पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै

टोलटोलमा पुगेर स्वास्थ्य सेवा

गण्डकी– कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठ, अशक्त

ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो

म्याग्दी- सत्ताइस वर्षअघि ट्रयाक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्न

मध्यपूर्वमा तनाव बढेपछि जी सेभेन बैठक छाडेर अमेरिका फर्किए ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जी सेभेनको बैठकबाट अमेरिका